निर्वाचन र तराई
![]() |
| मधुसुदन अधिकारी |
यो देशमा स्थानीय तहको निर्वाचन नभएको उन्नाइस वर्ष भएछ । यसको प्रमुख कारण राजनैतिक अस्थिरता हो ।
राजनैतिक अस्थिरताले लगभग दुइदशक देश अवरुद्ध जस्तै बन्यो । हुनत पटक पटक निर्वाचनका प्रयत्नहरु नभएका छैनन, तर कुनै न कुनै रुपले अवरुद्ध बन्दै रह्यो । जब माओवादी शान्ति प्रकृयामा आयो संविधान सभाको निर्वाचन गर्ने मुखमा आएर मधेश आन्दोलित बन्यो । त्यस आन्दोलनले समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई आत्मसाथ ग¥यो । पहिलो संविधानसभाको निर्वाचन मधेशका विभिन्न सशस्त्र समुहको नाममा आतंकित बन्यो । निर्वाचन त भयो तर निर्वाचन गराउने निकाय कर्मचारी निकाय निकै आतंकित बन्यो । संविधान सभाबाट संविधान बन्न सकेन बीचैमा विघटन भयो । त्यो अवधिमा संविधान बन्ने बनाउने भन्दापनि सत्ता साझेदारीमा समय बर्वाद भयो । त्यसमा विशेषगरेर माओवादी र मधेशवादी दलहरुनै कहिले सहमतिमा आउन सकेन्न र सधैभरी विद्रोही बनेर संविधानसभालाई बन्धक बनाउने कार्यमात्रै गरे ।
देश तराइमा रहेका विभिन्न हतियारवादी समुह र संविधानसभामा रहेका मधेसी नेताहरुको बन्धक बन्यो । हतियारधारी समुहले तराइमा कुनैपनि विकास, निर्माणका कार्य गर्ने राष्ट्र सेवकको अपहरण, फिरौती देखी हत्या गर्ने कार्य गर्दै आतंक मच्चाए भने सदनमा मधेसी नेताहरु र माओवादीहरुले वितण्डा मच्चाउने । परिणाम देश शुन्य गतिविधिमा बन्धक बन्यो । त्यो चौसठ्ठी देखि सत्तरी सम्मको छ वर्षमा माओवादी भित्र अर्को क्रान्तिकारीताको जन्म भैसकेछ जसले सत्तरीको निर्वाचन वहिष्कार गर्ने देखि निर्वाचनमा खटिने उम्मेदवार र कर्मचारी दुवैलाई अभियान चलाएर आतंकीत बनायो । यो क्रममा तराइमा सहजरुपमा त्यस्ता आतंकित अवस्था सञ्चालित भए ।सत्तरीको निर्वाचन परिणामले माओवादी र मधेशवादीलाई अर्कै साइजमा सिमित
हुनुपरेको अवस्थाको पीडाबोध अहिले आसन्न स्थानिय तहको निर्वाचन कुनै हालतमा हुन दिँदैनौँ भन्दै हिँडेका मधेसी नेताहरुको अभिव्यक्तिले पुष्टि गर्दैछ ।
विकास निर्माणको अवस्था स्थिरता भएमा नेपालको पहाड, हिमाल भन्दा कयौँ गुणा धेरै र कैयौ गुणा चोखो र सहजरुपले तराइमा हुनुपर्दछ । भौगोलिक विकटताको हिसावले, नदीनालाको वहावको हिसावले, विकट हिमाली क्षेत्रको हिसावले तराइ वास्तवमै सहज र सुगम विकासमा हुनु पर्नेमा जसरी भएपनि अस्थिरता भित्ररमाउने मधेसी नेताहरुको प्रकृतिले पछाडि परेको अवस्था छ। यसको प्रमुख कारण मधेसी नेताहरु जसले आफुलाई तराइको धर्तिपुत्र भन्छन उनीहरुके कारण हो ।
विभिन्न बहानामा निर्वाचन विथोल्ने, कर्मचारी लखेट्ने, स्थानीय कार्यालयमा तालाबन्दी गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने, व्यक्तिका घरमा आगजनी गरेर व्यक्तिलाई आतंकित बनाउने । अन्तमा अहिले आएर संविधान संशोधनको विषयलाई लिएर आगामी वैशाख ३१ गतेको हुने भनिएको स्थानीय तहका निर्वाचन कुनै हालतमा हुन नदिने भन्दै मधेसी नेताहरु हिँड्दै गरेको देख्दा मधेसी नेताहरु विकास विरोधी प्रकृया विरोधी, जनताको सार्वभौम अधिकारका विरोधी, तराइको विभिन्न खाले अशिक्षा, अन्विश्वास विकृती–विसंगतिका पक्षधर र लोकतन्त्रको सामान्य प्रकृया निर्वाचन विरोधी व्यक्तिहरुको रुपमा आफूलाई स्थापित गराए ।
यसको परिणाम पनि पक्कै महशुष होला उनीहरुलाई मधेशी नेता निर्वाचन विरोधी भएपनि तराइका सम्पूर्ण मधेशवादी जनता निर्वाचनको पर्खाइमा छन् र कतिबेला आप्mना प्रतिनिधि प्रति अपाm्नो मत जाहेर गर्ने भन्ने मा आतुर छन् ।
मधेशी नेता विकास विरोधी रहेछन भन्ने जनताले प्रष्ट बुझेका छन अनि जनप्रतिनिधि विहिनताले आफुले भोगेका समस्याबाट नेपाली जनता मुक्ति चाहान्छन् तराइका जनता मुक्ति चाहन्छन् । आसन्न स्थानीयताको निर्वाचनबाट पराकपको महशुषगरेका मधेसी नेतालाई मधेशका जनताले अवय पाखा लगाउनेछन र आफ्नो अभिमत जाहेर गर्नेछन् । स्थानीयताको निर्वाचनले सबभन्दा बढि प्रभावित तराइलाई पार्ने देखिन्छ अझ भन्दा प्रदेश नं २ लाई पार्ने देखिन्छ ।
सहज विकास निर्माणको सम्भावना बोकेको प्रदेश कृषिमा आधुनिकीकरणको सम्भावना बोकेको प्रदेश, सिँचाइका सहज संभावना बोकको प्रदेश, औद्योगिक क्षेत्र र खुला साथ सिमानाका कारण सहज दैनिकी रहेको प्रदेशको रुपमा विकसित हुने प्रदेशका रुपमा रहेको दुई नं प्रदेशका नेताले निर्वाचन हुनै नदिने भन्दै हिँड्दै गर्दा यस प्रदेशका जनता निरास छन् ।
यसैलाई ध्यानमा राखेर तराइ मधेशका जनताले साम्प्रदायी भावनाका नेतालार्य विकासका बाधकहरुलाई अथवा विकास र संभावनाको एकमात्र विकल्प स्थानीय तहको निर्वाचन विरोधीलाई आफ्नो हैसियतमा पु¥याउने अचुक अस्त्र सक्रीय निर्वाचनमा सहभागिता जनाएरै हो । र यसबाट मात्रै समग्र तराइको हित, तराइका बासिन्दाको हीत हुनेछ ।

