Header Ads


डँढेलोबाट जोगाउन सुन्दर वनमा अग्निरेखा

हेटौंडा, ११ बैशाख/डँढेलोबाट वनलाई बचाउन हेटौडा–१ चौकीटोलमा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समूहले अग्निरेखा बनाएको छ । 
वन समूहले प्रत्येक घरबाट उपभोक्ता परिचालित गरी अग्निरेखा निर्माण गरेको समूहका अध्यक्ष कमल लामाले जानकारी दिए । समूहमा २ सय ५६ घरधुरी आबद्ध छन् । अग्निरेखा बनाउँदा वनलाई डँढेलोबाट बचाउन सकिने भएकाले समूहले प्रत्येक वर्ष यो काम गर्ने गरेको अध्यक्ष लामाले बताए । समूहले डँढेलो सम्बन्धि अन्य सामुदयिक वन समूहमा गएर तालिम समेत दिने गरेको समूहका पूर्व अध्यक्ष केदारप्रसाद बर्तौलाले बताए । प्रत्येक घरबाट एक÷एकजना सहभागी गराएर यो वर्षको लागि बनाइएको कार्य योजना अनुसारको काम सम्पन्न गरिएको लामाले बताए । यो समूह डँढेलो नियन्त्रणको लागि उत्कृष्ठ काम गर्ने समूह भएको हेटौंडा ईलाका वन कार्यालयका फरेष्टर यदुकुमार घिमिरेले बताए ।
Powered by Blogger.