तरकारी पेशा छोडेर गाईपालनमा
दूध बेचेर मासिक ३ लाख कमाउँदै दाहाल
सुजन ढकाल
हेटौंडा, १२ बैशाख/रोजगारीको शिलशीलामा मकवानपुरबाट विदेशीने क्रम दिनानुदिन बढ्दो अवस्थामा रहेको छ ।
आफ्नै जन्मथलोमा मिहेनत गरी पसिना बगाए यहीँ पनि केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् मकवानपुरगढी गाउँपालिका–३ देवीडाँडाका प्रेमप्रसाद दहाल । विगत ७ बर्ष देखिट व्यावसायिक गाईपालन सुरु गरेका दाहालले मासिक करिब ३ लाख ६० हजार रुपियाँ आम्दानी गरिरहेका छन् ।
२ वटा गाईबाट व्यवसाय सुरु गरेका दाहालको गोठमा अहिले जर्सी र होलिस्टन गरी २३ वटा गाई छन् । यी गाईबाट दैनिक २ सय लिटर दूध विक्री गर्दै आइरहेका छन् । उनलाई दूध बिक्री गर्न बजारसम्म आइरहनुपर्ने झन्झट छैन । दैनिक संकलित दूध घरबाटै बिक्री भइरहेको दाहाल बताउँछन् । ‘उत्पादन गर्न मात्र सक्नुपर्छ, किन्ने मान्छे घरमै आउँछन्’, उनले सुनाए, ‘दूध बिक्रीबाट आएको कमाई परिवारको खर्च, शिक्षादिक्षामा लगाउने गरेको छु ।’ गाईपालनबाट भैरहेको आम्दानीले सजिलैसँग छोराछोरीको पढाई र घर चलेको उनले सुनाए । ‘सोचेजस्ता अझ गर्न सकिएको छैन । नत्र आम्दानी अहिलेको भन्दा दोब्बर हुन्थ्यो’, उनले थपे । गाईपालनका लागि सुरुमा १ लाख ७५ हजार रुपियाँ लगानी गरेको बताउँदै उनले भने, ‘७ वर्षअघि खेतीपातिबाट गुजरा चलाउँदै आएको थिएँ, अहिले खेतबारीलाई बेचेर गाईपालन पेशातर्फ आकर्षित भएको छु, राम्रै भैरहेको छ । खुसी छु ।’ गाईको रेखदेख, गोठ सरसफाई तथा दूध संकलनका लागि बिहान बेलुका दुईजना खटिने गर्छन् ।
तराईबाट ल्याएको परालले धान्न नसकेपछि अढाई बिगाहा क्षेत्रमा स्वीस, नेपियर, मलाटे, मेसियर, मलासेलगायतका जातको घाँस लगाएको उनले जानकारी दिए । ‘गाईको पिसाब र गोबर संकलनका लागि १ लाख लिटरको प्लास्टिक पोखरी निर्माण गरेको छु, एउटा गोठबाट व्यवसाय सुरु गरेकोमा अहिले तीनवटा गोठ भैसकेका छन्’ दाहालले सुनाए । आफू अगुवा कृषक भएको र स्थानीय मनकामना दुग्ध उत्पादक सहकारीमा दूध बेच्ने गरेको सुनाउँदै उनले गाईपालन व्यवसायप्रतिको लगाव देखेर गाई फार्म अवलोकनकर्ताहरु आफूप्रति प्रेरित हुने गरेको बताए । आÇनो व्यावसायिक कार्यप्रति प्राप्त सुझावलाई आफूले लिने गरेको भन्दै उनले मिहेनत र परिश्रम विना कृषि क्षेत्रमा प्रगति सहज नभएको उनको भनाई छ । ‘हामी नेपालीमा देखासिखी गर्ने नराम्रो बानी छ । अर्काले जे ग¥यो त्यहि गर्नुपर्ने नराम्रो बानीको कारण पनि धेरैले दुःख पाइरहेका छन्’, उनले सुझाव दिंदै भने, ‘आफूले जे गरिरहेको छ । त्यसैलाई राम्रो र निरन्तर गर्दै जाने हो भने पक्कै सफलता मिल्नेछ ।’

