विद्यार्थीको प्रतिभा खोजी गरिने
हेटौंडा, ११ बैशाख/गत वर्षझै यसवर्ष पनि जिल्ला शिक्षा कार्यालय मकवानपुरले विद्यार्थीको प्रतिभा खोजी गर्ने उद्देश्यका साथ एक कार्यक्रम आयोजना गर्ने भएको छ ।
यही बैशाख १४ गते सोलिड्यारिटी इन्टरनेशनल बोर्डि·मा हुने प्रतियोगितामा मकवानपुर जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा ६ देखि १० कक्षासम्म अध्ययनरत छात्र/छात्रहरुहरुबाट अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थी प्रतिभाको खोजी कार्यक्रम गर्न लागिएको शिक्षा कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रतियोगितामा भाषा तथा साहित्यतर्फ कथा, कविता, निबन्ध, गीत, गजल, वक्तृत्वकला, नाटक, एकाङ्की, अभिनय बोली, हाउभाउको नक्कल रहेको छ । त्यसैगरी गणित, विज्ञान तथा विशेष सिर्जनात्मक कलामा नृत्य, गायन, वादन, हस्तकला, चित्रकला र मूर्तिकला प्रतियोगिता रहेको कार्यालयले जनाएको छ । उक्त चारैवटा विद्यामा स्रोतकेन्द्र अन्तर्गतका विद्यालयहरु मध्येबाट १÷१ जना उत्कृष्ट विद्यार्थी र एकजना संरक्षक शिक्षकले सहभागिता जनाउने सहायक जिल्ला शिक्षा अधिकारी शम्भू पौडेलले जानकारी दिए । ‘प्रतियोगिताको लागि मकवानपुर जिल्लामा रहेका सम्पूर्ण विद्यालयहरुमा पत्राचार गरीसकेका छौँ’ पौडेलले भने, ‘प्रतियोगितामा प्रथम हुनेलाई क्षेत्रीय प्रतियोगितामा समावेश हुन पठाउने छाँै ।’ पं्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पनि पुरस्कारको व्यवस्था रहेको उनले जानकारी दिए ।

