Header Ads


बाग्मती गाउँपालिकामा सेवा विस्तार

हेटौंडा, २४ चैत/सरकारले स्थानीय निकाय पुनर्संरचना गरेपछि सोही अनुरुप गाउँगाउँमा सेवा विस्तार सुरु गरेको छ ।
 मकवानपुरको बागमती गाउँपालिकाले तत्काल वडापालिका कार्यालय सञ्चालनमा ल्याएर सेवा दिन सुरु गरेको छ । गाउँपालिकाले आयोजना गरेको सरोकारवालाको सर्वदलीय/सर्वपक्षीय छलफलका क्रममा वडा कार्यालय खोल्ने निर्णय गरेको छ । गाउँपालिकाका कार्यकारी अधिकृत भीमबहादुर परियारको सभाध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 
वडा नं १ को माझगाउँ बजार, २ मा हालको गाविस भवन, ३ को कुटे भकारी, ४ को पाँचपाण्डव बजार, ५ को लीलावन ९थिङटोल०, ६ को हालको वडा कार्यालय, ७ को पाथीभरा, ८ को मिलन चोकदेखि चौताराबीच र ९ को हालको वडा कार्यालयलाई केन्द्र बनाउने निर्णय भएको छ । 
तोकिएका वडा केन्द्रहरुमा सरकारले जनशक्ति व्यवस्थापन गर्ने भएपश्चात् पहिलो प्राथमिकतामा वडा नं ४ को कार्यालय खोल्ने निर्णय भएको छ । गाउँपलिकाअन्तर्गत् वडा नं ३ दोस्रो प्राथमिकतामा, वडा नं ८ तेस्रो प्राथमिकतामा, वडा नं ५ चौथो प्राथमिकतामा, वडा नं ७ पाँचौ प्राथमिकतामा र वडा नं १ छैटौं प्राथमिकता छन् । जनशक्ति आउनासाथ वडा कार्यालय बिस्तार गर्ने बताउँदै कार्यकारी अधिकृत परियारले प्राथमिकताका आधारमा भौतिक र मानवीय जनशक्ति हुने बित्तिकै कार्यालयहरु खोल्ने बताए । 
Powered by Blogger.