Header Ads


सरिखेतमा राप्रपा

हेटौंडा, २४ चैत/राप्रपा मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्वर ३ सरिखेतमा जनतामाझ राप्रपा कार्यक्रम सम्पन्न भएको छ ।
सरिखेत गाँउकमिटिका अध्यक्ष ईन्द्र शाहको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा मकवानपुरका सांसद गणेश थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मकवानपुर जिल्लामा राप्रपा भाषण मात्र होईन विकास गर्ने पाटी भएको बताए । कार्यक्रमकै अवसरमा सांसद थापाले घर गोठ आगलागीमा परेका विजय थिङलाई नगद ५ हजार सहयोग गरेका थिए ।
कार्यक्रममा स्थानिय निकायको चुनावमा सक्रिय भएर लाग्न समेत थापाले कार्यकर्ताहरुलाई निर्देशन दिए । कार्यक्रममा राप्रपा मकवानपुरका जिल्ला सदस्य देव लामा, राप्रपा विद्यार्थी संगठनका जिल्ला अध्यक्ष  प्रकाश चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

Powered by Blogger.