नेपाली काँग्रेसको वडा भेला
हेटौंडा, २४ चैत/नेपाली काँग्रेसको चुुनावी प्रचारप्रसार कार्यक्रमअन्र्तगत भीमफेदी गाउँपालिकाको ७ नम्बर वडामा विहिबार भेला भएको छ ।
साविक कोगटे गाविसका सभापति बुद्धिबहादुर सिंजालीको सभाध्यक्षता तथा नेपाली काँग्रेस मकवानपुरका सल्लाहकार एवं महासमिति सदस्य जयराम लामिछानेको प्रमूख आतिथ्यतामा भएको बृहत वडा भेला कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । भेलामा विशेष अतिथि पार्टीका जिल्ला सचिव आनन्द कठायत, निर्वाचन परिचालन समितिकाका संयोजक गोपीराम बल, महाधिबेशन प्रतिनिधी मोमलाल दोङ, पार्टीका क्षेत्रीय प्रवक्ता पुरुषोत्तम ठकुरी, भैसे र निबुवटारका पार्टी सभापतिद्वय क्रमशः नारायण थापा र संजिव श्रेष्ठ, महिला नेतृ गोरीमाया लामा, दलित संघ क्षेत्रीय कोषाध्यक्ष दीपेश विक, भीमकुमार आलेलगायतले मन्तव्य व्यक्त गरेको थियो ।
भेलाले भीमफेदी गाउँपालिकाको ७ नम्बर कोगटेमा नारायणबहादुर घागाको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ । त्यसैगरी नेपाली काँग्रेसको चुनाव प्रचारप्रसार कार्यक्रमअन्र्तगत हेटौंडा ४ को गर्दोईमा बिहिबार चुनाव प्रचारप्रसार समिति र कार्यालय उद्घाटन गरिएको छ ।
हेटौंडा–४ का सभापति हरिप्रसाद पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा शिवप्रसाद पौडेलको संयोजकत्वमा ५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन र प्रचारप्रसार कार्यालय उद्घाटन गरिएको हो । कार्यक्रममा अतिथिहरु नेपाली काँग्रेस पार्टीका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकार अशोक शाक्य, जिल्ला सदस्य एवं प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्य सुनिल दाहाल, नगर सभापति आनन्दराम पराजुली, महासमिति सदस्य भरत पराजुली, पूर्व जिल्ला सदस्यद्वय भरतराज मैनाली र रामहरि आचार्य, हेटौंडा अस्पतालका अध्यक्ष रमेश गिरी, तरुण दल ४ नम्बरका अध्यक्ष कमल मैनाली, किशान संघ ४ नम्बरका अध्यक्ष रेशमकुमार श्रेष्ठलगायतकाले मन्तव्य व्यक्त गरेको थियो ।

