Header Ads


नेकपा (माओवादी केन्द्र) वडा भेला

हेटौडा, २४ चैत/नेकपा (माओवादी केन्द्र) हेटौडा– १९ को वडा सम्मेलन विहीबार सम्पन्न भएको छ ।
ठिसाङ लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का नगर इन्चार्ज एवम् हेटौडा नगरपालिकाका मेयरका उम्मेदवार बलराम बल 
रहेका थिए ।  विहीबार भएको भेलाले पुर्ण बहादुर वाइवा (च्याङ्वा) को अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी निर्माण भएको छ । जसको उपाध्यक्षमा सुभास घलान, मनमाया थोकर, तुल बहादुर वि.क., सचिवमा कमान सिं रुम्बा, सहसचिवमा उमेश वल, कोषाध्यक्षमा बहादुर सिं थिङ चयन भएका छन् । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) सचिवालय सदस्य एवम केन्द्रीय सदस्य कमान सिं पाख्रिन (पृथक), उपमेयरका उम्मेदवार कमला पौडेल, नेताहरु डा. सम्राट तुम्बाहाङ्फे, कमल चन्द्र सुमन लगायतका रहेका थिए ।
Powered by Blogger.