बराबरीमा खेल टुङ्ग्यिो
हेटौंडा/हेटौंडा– ७ नागस्वतीमा जारी ३५ वर्ष उमेर समूहका सेभेन ‘ए’ साइड फुटबल प्रतियोगितामा किरणचोक र धापबीचको खेलमा दुवै टिमले १–१ गोल गर्न सफल भएका छन् ।
विहीबार भएको प्रतियोगितामा धापको तर्फबाट ज्ञानु क्षेत्रीले र किरणचोकको तर्फबाट दीपक अर्यालले गोल गर्न सफल भएका हुन् । अग्राठे फुटबल टिमले आयोजना गरेको फुटबल प्रतियोगितामा ४ टिमले सहभागिता जनाएका छन् । गोल अन्तरको आधारमा खेलाएको प्रतियोगितामा प्रथम, द्वितिय हुने टिमले क्रमश ६० किलो ५० किलोको खसीसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरीने प्रतियोगिताका संयोजक सोमबहादुर तितुङले जानकारी दिए ।
चैत २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आज शुक्रबार आयोजक अग्राठे टिम र किरणचोक बीच प्रतिष्पर्धा हुने छ । प्रतियोगिताअन्तर्गतका खेलहरु हेटौंडा–७ स्थित नवज्योति माविको खेलमैदानमा भइरहेको छ ।