देवघाटका बिद्यार्थीलाई खाद्यान्न सहयोग
हेटौंडा, २४ चैत/चितवनको देवघाटधाममा रहेको महेश संस्कृत गुरुकुलमा अध्ययनरत् विद्यार्थीलाई खाद्यान्न सहयोग गरिएको छ ।
अघिल्ला वर्षमा जस्तै यस वर्षपनि गुरुकुलमा अध्ययनरत् २ सय २ जना विद्यार्थीका लागि विभिन्न जिल्लाका अन्नदाताले सहयोग गरेको गुरुकुल सञ्चालन समिति सदस्य एवम् मुीदान संयोजक रामप्रसाद सुवेदीले
बताए । गुरुकुलमा निशुल्क शिक्षा आवास र भोजन सहित अध्ययन गरिरहेका विद्यार्थीलाई सहजताका लागि रामनवमीको दिन दाताहरु आफै पुगेर खाद्यान्न हस्तान्तरण गरेका हुन् । विद्यार्थीको भोजनको लागि हेटौंडा, काठमाडौ, र सिमराका अन्नदाताले रामनवमीको अवसरमा सहयोग गरेका हुन । चामल २ सय ४८ क्विन्टल, रहर दाल ३७ क्विन्टल, चना २५ क्विन्टल, चिनी १७ क्विन्टल, तेल ८ सय ५० लिटर, नुन २० बोरा, आलु १० बोरा र गाईको लागि चोकर ३२ बोरा हस्तान्तरण गरिएको सुवेदीले जानकारी दिए । सोही अवसरमा नारायणी यातायात व्यवसायी संघले एक विद्यार्थीको शैक्षिक खर्च स्वरुप १२ हजार र १ क्विन्टल चामल सहयोग गरेको थियो ।