Header Ads


बजाज अटोको डिलर

हेटौंडा, १५ बैशाख/बजाज अटोको नेपालस्थित प्रमुख बिक्रेता हुलासचन्द्र हंशराज गोल्छाले हेटौंडामा आधिकारिक डिलरको उद्घाटन गरेको छ । 
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष र बजाज अटो ईण्डिया लि. का प्रबन्धक अरुण सिन्हाले शुक्रबार बिहान हेटौंडा—१० मा बजाज अटोको डिलरको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । बजाज अटोको डिलर न्यू होराईजन अटो प्रालिले एक बर्षमा ३ सय वटा अटो बिक्री गरिसकेको डिलरका संचालक रमेशकाजी बज्राचार्यले जानकारी दिए । बजाजले सवारी साधन बिक्री पछिको मर्मतमा पनि उत्तिकै सेवा दिएका कारण उपभोक्ताले बढी रुचाएको मउवासंघका अध्यक्ष न्यौपानेले बताए । भारतीय बजारमा पनि बजाजको उत्पादन लोकप्रिय रहेको बजाज ईण्डिया लि. का प्रबन्धक सिन्हाले जानकारी दिए ।
Powered by Blogger.