Header Ads


जिल्लाको विकासका लागि काँग्रेसले जित्नुपर्ने : डीना


हेटौंडा, १२ बैशाख/नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् सांसद् महालक्ष्मी उपाध्याय ‘डीना’ले मकवानपुरको विकासका लागि स्थानीय तहको निर्वाचनमा काँग्रेसले जित्न आवश्यक रहेको बताएकी छिन् ।
पूर्व जलस्रोत राज्यमन्त्री समेत रहेकी डीनाले काँग्रेसले चुनाव जितको खण्डमा मकवानपुरमा विकास र समृद्धिको लहर छाउने बताइन् । नेपाली काँग्रेस हेटौंडा–१ नम्बर वडाको चाइनाक्वाटरमा भएको चुनावी प्रचारप्रसारमा उनले विकास र समृद्धिको पर्याय नै काँग्रेस भएको दावी गरिन् । ‘काँग्रेसले जितेको खण्डमा विकास र रोजगारीको अवसर सिर्जना हुन्छ’, उनले भनिन्, ‘चाइनाक्वाटरबासीको समस्याको रुपमा रहेको राप्तीखोलामा तटबन्धन गर्नका लागि मैले मेरो तर्फबाट आवश्यक पहल गरिरहेको छु ।’ 
पटकपटक कम्युनिष्टहरुले जित्दा पनि यस स्थानको विकास नभएको भन्दै उनले अब काँग्रेसले जितेपछि समस्या समाधान हुने दावी गरिन् । यस्तै नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँले काँग्रेसको पक्षमा सिर्जना भएको जनलहर र काँग्रेसले थालेको विकास र समृद्धि देखेर अन्य पार्टीहरु अत्तालिएको दाबी गरे । ‘काँग्रेसले जितेसँगै विकास र समृद्धि सुरुवात हुन्छ भन्ने प्रमाणित क्षेत्र नम्बर–१ बाटै थाहा हुन्छ । काँग्रेसले जितेको ठाउँ र अन्य पार्टीले जितेको ठाउँमा भएको विकास हेर्दा नै थाहा हुन्छ, कस्ले कति काम ग¥यो’, उनले भने, ‘अब स्थानीय तहको निर्वाचन पनि काँग्रेसले जित्यो भने हाम्रो अस्थित्व समाप्त हुन्छ भन्ने डरले यहाँ केही राजनीतिक दलका नेताहरु आत्तिएका छन् ।’ उनले स्थानीय तहको निर्वाचनमा काँग्रेसले जितेको स्थानमा युवाहरुलाई विकास र समृद्धिसँगै रोजगारीको अवस्था गरिने 
बताए । ‘जनताको सुख र दुःखमा सधैं काँग्रेस साथमा रहनेछ । जनताको इच्छाअनुसार काँग्रेसमा सबैलाई स्थान हुन्छ’, बानियाँले भने । काँग्रेस हेटौंडा–१ सभापति हरिकृष्ण महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघ जिल्ला सदस्य हरि श्रेष्ठ, एमाले चाइनाक्वाटर टोल कमिटी अध्यक्ष तथा युवा संघ नगर सदस्य श्रीकृष्ण अर्याल, खेलकुद महासंघ जिल्ला सचिव सुरज ढु·ना, किशोर दाहाल, इश्वर दाहाल, प्रशान्त आर्याल, शर्मीला तामाङ विमल कार्की, अञ्जना बुढाथोकी, जानकारी श्रेष्ठ, उर्मीला अर्याल र बादल खत्रीसहित करिब ८० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । सभामा नेपाली काँग्रेस मकवानपुर सल्लाहकार अशोक शाक्य, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, क्रियाशील सदस्य रामकुमार बर्तौला तथा वडा अध्यक्षका उम्मेदवार सविन न्यौपानेले मन्तव्य व्यक्त गरेका थिए ।
Powered by Blogger.