Header Ads


ट्राफिकलाई प्राथमिक उपचार बाकस

हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई प्राथमिक उपचार बक्स हस्तान्तरण गरेको छ । 
सर्वसाधारणको सेवाको लागि सडकमा खटिने ट्राफिक प्रहरीसंग प्राथमिक उपचार बक्स हुँदा कुनै दुर्घटना भएमा त्यसले काम दिने भएकोले उक्त सामग्री हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ । ट्राफिक प्रहरीलाई ५० थान प्राथमिक उपचार बक्स सहयोग गरिएको हो । अस्पतालका अध्यक्ष गोकर्ण पराजुलीलगायतले ट्राफिक प्रहरी प्रमुख नविनकुमार अधिकारीलाई उक्त सामग्र हस्तान्तरण गरेका हुन् । ट्राफिक प्रमुख अधिकारीले ड्युटीमा खटिने प्रहरीलाई प्राथमिक उपचार बक्ससहित खटाइने र कहिँ कतै दुर्घटना भएको स्थानमा ट्राफिकले नै सम्भवन भएसम्म प्राथमिक उपचार 
गरी थप उपचारको लागि अस्पताल पु¥याउने व्यवस्था गरिने बताए । 
Powered by Blogger.