Header Ads


‘मुलुकको हितको लागि मधेशीलाई लिएर चुनाव गर्नुपर्छ’

हेटौंडा, २३ चैत/गरिबी निवारण तथा सहकारी मन्त्री हृदयराम थानीले मुलुकको हितको निम्ति मधेश केन्द्रीत दललाई समेत लिएर स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्नुपर्ने बताएका छन् । 
कुनै नेता वा पार्टीको लागि भन्दा पनि मुलुकलाई विकासको गतिमा अघि बढाउन र संविधान पूर्ण रुपमा कार्यान्वय गर्नका लागि स्थानीय तहको निर्वाचन गर्नु आवश्यक रहेको बताएका हुन् । नेपाल प्रेस युनियन मकवानपुरले बुधबार हेटौंडामा गरेको पत्रकार सम्मेलनमा उनले मधेशी मोर्चालाई समेत लिएर स्थानीय तहको चुनावमा जानुपर्ने धारणा राखेका हुन् ।
 ‘तेरो मेरो भन्दा पनि संविधान कार्यान्वयन र मुलुकको हितको लागि चुनाव अपरिहार्य आवश्यकता हो’, मन्त्री थानीले भने, ‘आगामी २०७४ माघ ७ गतेसम्म तीनै तहको निर्वाचन गराउन सकिएन भने संविधान पूर्ण रुपमा कार्यान्वयमा आउन सक्दैन ।’ 
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका उनले एकैपटक तोकिएकै मितिमा स्थानीय तहको चुनाव गराउनुपर्नेमा जोड दिए । ‘तराई मधेशमा र अन्त गरी छुट्टाछुट्टै चुनाव गराउन सकिँदैन’, थानीले थपे, ‘मधेशका जायज मागलाई सम्बोधन गर्दैै उनीहरुलाई समेत समेटेर अघि बढ्नका लागि सबै राजनीतिक दलको सहमति आवश्यक छ ।’ मधेश केन्द्रीत दलले उठाएको जायज मागलाई सम्बोधन गर्नु आवश्यक रहेको उनले भनाई छ । यस्तै गरिबी निवारण तथा सहकारी मन्त्रालय भनिएको भएपनि नाम मात्रको गरिबी निवारण भएको उनले गुनासो गरे ।
 ‘गरिबसंग सरकारलगायत अन्य 
धेरै नाम मात्रको कार्यक्रम रहेको छ । गरिबको सन्दर्भमा खासै केही काम हुन सकेको छैन । गरिबलाई सरकारले दिने के त ? कार्ड मात्र ?’, मन्त्री थानीले प्रश्न 
गरे । 
प्रेस युनियन मकवानपुर उपाध्यक्ष सविन न्यौपानेको अध्यक्षतामा भएको  पत्रकार सम्मेलनमा काँग्रेस महासमिति सदस्य दिनेश उपाध्याय, काँग्रेस आमन्त्रित जिल्ला सदस्य महेन्द्र राउत, प्रेस युनियन मध्यमाञ्चल संयोजक 
राममणि दाहाललगायतको आतिथ्यता थियो । 
Powered by Blogger.