गाँजा सहित २ जना पक्राउ
ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले गाँजासहित फरक फरक स्थानबाट एक महिला र एक पुरुष पक्राउ परेका हुन् । साविकको हेटौंडा–२९ नेवारपानी गुम्बाचोकको प्रतिक्षालयमा १ महिला र १ पुरुषले गाँजा लुकाई ल्याएको र सवारी साधन कुरी बसेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्रेको हो । साबिक नामटार गाविस–५ बस्ने ३८ बर्षका कान्छा भनिने मोतीलाल गोलेको शरीर खानतलासी गर्दा उनको साथबाट ५ किलो ३ सय ग्राम गाँजा र साबिकको हाँडीखोला गाबिस–७ बस्ने ४० बर्षीया बीना थिङको साथबाट ५ किलो ३ सय ग्राम गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता
प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए । दुवैजनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया थालिएको उनले जानकारी दिए ।

