Header Ads


उद्योग वाणिज्य दिवसमा मामाघरलाई सहयोग

हेटौंडा, २८ चैत/मकवानपुर उद्योग वाणिज्य संघले उद्योग वाणिज्य दिवस–२०७३ एक कार्यक्रमको आयोजना गरी मनाएको छ । 
हरेक वर्ष चैत्र २८ गते मनाइने यस दिवस सोमबार मामाघर नेपालमा आश्रय लिइरहेका असहाय वालवालिकालाई एक दिनको खाना बराबरको सहयोग गरी मनाएको हो । मउवा संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा संघका उपाध्यक्षद्वय लवशेर विष्ट, विष्णु खनाल, कोषाध्यक्ष प्रमोद सिंह रानाभाट, सचिव दिवस पराजुली, सन्तोष अर्यालय, महिला उद्यमी सभापति निलम पाण्डे, कार्यसमिति सदस्यहरु अनिल अग्रवाल, काव्यमणि अधिकारी, छतेन्द्र आचार्य, रविन्द्र घिमिरे, दिपक उप्रेती, मामाघर नेपालका सचिव देवराज लामिछानेलगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष कटुवाल, उपाध्यक्ष विष्ट, सचिव पराजुली र मामाघर नेपालका सचिव देवराज लामिछानेले मन्तव्य व्यक्त गरेका थिए । मामाघर नेपाल विविध कारणले सडकको जीवन बिताउन बाध्य रहेकाहरुको उद्दार एवम् पालनपोषण गर्दै आएको संस्था हो ।
Powered by Blogger.