फिक्स रेटको फेन्सी सञ्चालनमा
हेटौंडा, २८ चैत/हेटौंडामा फिक्स रेटको नयाँ फेन्सी सञ्चालनमा आएको छ ।
हेटौंडामा जे.सी फेन्सी, मामाभाञ्जा फेन्सी, थकाली भान्छा घरलगायतका पसल र होटल सञ्चालन गर्दै आएका जंगबहादुर बस्नेतले हेटौंडा–१ स्वर्गलोकपथमा फिक्स रेटको फेन्सी सञ्चालनमा ल्याएका हुन् । जे.सी फेन्सी फिक्स रेट नाम राखिएको फेन्सीका सोमबार एक कार्यक्रमकाबीच तयारी पोशाक तथा कपडा व्यवसायी संघ मकवानपुरका अध्यक्ष राजेश बानियाँले उद्घाटन गरेका हुन् ।
बार्गेनिङको प्रथा बढ्दै गएको अवस्थामा फिक्स रेटको फेन्सी सञ्चालनमा कठिनाई हुन सक्ने भन्दै उनले उचित मुल्यमा राम्रो कपडा विक्री गर्न अनुरोध गरे । फेन्सीका सञ्चालक बस्नेतले बार्गेनिङ गरेर किन्नु भन्दा फिक्स रेटको उचित मुल्यमा हेटौंडामै राम्रा कपडा खरिद् गर्न सकिने दावी गरे ।

