Header Ads


एमालेले टुङ्गायो जिल्लाको सबै वडाको अध्यक्षको उम्मेदवार

हेटौंडा, ११ बैशाख/यही बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले मकवानपुरले जिल्लाको सबै गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको वडा अध्यक्षको उम्मेदवारको टुङ्गो लगाएको छ । 
सोमबार दिइएको जानकारी अनुसार मकवानपुरको एकसय २ वटै वडाका अध्यक्षहरुको उम्मेदवार टुङ्गो लगाएको हो । हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडामा उत्तम न्यौपाने, २ मा हरि राउत, ३ मा रामकुमार पुडासैनी, ४ मा नविन सिग्देल, ५ मा ईश्वर ढुङ्गाना, ६ मा गणेशबहादुर दुलाल, ७ मा राजन थापा र ८ गोपालबहादुर श्रेष्ठलाई वडा अध्यक्षको उम्मेदवार बनाइएको छ । 
यस्तै ९ मा लक्ष्मण भण्डारी, १० मा किताबसिं लामा, ११ मा गोकर्ण पराजुली, १२ मा रामचन्द्र स्याङ्बो, १३ मा मनोज वाइबा, १४ मा सानु थिङ लामा, १५ मा सुनिल मोक्तान, १६ मा गोबिन्द दाहाल, १७ मा भैरब राई, १८ नम्बर वडामा अनिलकुमार बानियाँ र १९ मा नरनाथ सुबेदी (नवराज) लाई अध्यक्षको उम्मेदवार बनाएको छ । यस्तै एमालेले वाग्मति गाउँपालिकाको १ नम्बर वडामा भीमकुमार राई, २ मा हर्कबहादुर गोले, ३ मा बाबुलाल गोले, ४ मा टेकबहादुर पाख्रिन, ५ मा डेन्जीजन लामा, ६ मा धनबहादुर घलान लामा, ७ मा ललित राई, ८ मा धनबहादुर योञ्जन र ९ नम्बरमा मदन दुरुङच्याङलाई वडा अध्यक्ष बनाउने भएको छ । त्यसैगरी बकैया गाउँपालिकाको १ नम्बरमा प्रदीप स्याङ्तान, २ मा नारायण तिमल्सिना, ३ मा प्रेमबहादुर डिमडुङ, ४ मा राजन दंगाल, ५ वीरबहादुर भोलन, ६ मा फूलबहादुर भोम्जन, ७ मा रामकाजी लामिछाने, ८ मा ईन्द्रबहादुर स्याङ्तान, ९ मा टंकबहादुर थिङ, १० मा नजरमान भोम्जन, ११ मा शिवराम ढकाल र १२ रामबहादुर मोक्तानलाई अध्यक्षको उम्मेदवारको रुपमा टुङ्ग्याइएको एमाले मकवानपुरले जनाएको छ । 
मकवानपुरगढी गाउँपालिकाको १ मा फूलमान गोले, २ मा माया बल, ३ मा भागवत घिमिरे, ४ मा रामप्रसाद तिमल्सीना, ५ मा जितबहादुर घिमिरे, ६ मा टीकाप्रसाद दाहाल, ७ मा वीरबहादुर रुम्बा र ८ मा एक्काबहादुर थिङलाई अध्यक्षको उम्मेदवार बनाएको छ भने भीमफेदी गाउँपालिकाको १ मा पञ्चमाया स्याङ्तान, २ मा काशीराम बज्यु, ३ मा भरतसिं पाख्रिन, ४ मा क्षेत्रबहादुर पाण्डे, ५ मा जहारसिँ लामा, ६ मा सिताराम थापा, ७ मा सीता घलान, ८ मा जगतमान घिसिङ र ९ मा प्रकाश पुडासैनीलाई उम्मेदवार बनाएको छ । यसैगरी इन्द्रसरोवर गाउँपालिकाका १ नम्बर वडामा झमकलाल बलामी, २ मा राजुमान महर्जन, ३ मा चिरञ्जीवी पौडेल, ४ मा धनवीर स्याङ्तान र ५ मा धनराज महर्जनलाई उठाउने भएको छ भने मनहरी गाउँपालिकाको १ मा कृष्णबहादुर मोक्तान, २ मा चन्द्रबहादुर मोक्तान, ३ मा मानबहादुर स्याङ्तान, ४ मा सानुकान्छा तितुङ, ५ मा शुभराज थिङ, ६ मा गोपीराम मुक्तान, ७ मा रघुनाथ लामा रुम्बा, ८ दिलबहादुर स्याङ्तान र ९ हेमलाल उप्रेतीलाई अध्यक्षमा उठाउने भएको छ । यस्तै कैलाश गाउँपालिकाको १ मा पेमा योञ्जन, २ मा रामबहादुर स्याङ्तान, ३ मा वीरबहादुर प्रजा, ४ मा जविन्द्र थोकर, ५ मा छेगु लामा, ६ मा जितबहादुर थोकर, ७ म बिनोद चेपाङ, ८ मा सूर्यबहादुर थिङ, ९ मा सुमन लटौला र १० मा चम्पलाल रुम्बालाई उठाउने भएको छ भने राक्सिराङ गाउँपालिकाको १ मा सिंगराम रुम्बा, २ मा सिताराम चेपाङ, ३ मा बाबुलाल स्याङ्तान, ४ मा संजय कोइराला, ५ मा विश्वमान चेपाङ, ६ सिंगलाल चेपाङ, ७ मा पूर्ण चेपाङ, ८ मा प्रताप मुक्तान र ९ मा शिवकुमार मल्ललाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । यसैगरी थाहा नगरपालिकाको १ नम्बर वडामा धर्मलाल प्रधान, २ मा गुप्तबहादुर कार्की, ३ मा कुमार नेगी, ४ मा अच्युत केसी, ५ मा बिष्णुबहादुर गुरुङ, ६ मा शशीधर सुबेदी, ७ मा काजीमान तितुङ, ८ मा डम्बरसिंह लामा, ९ मा लक्ष्मण रेग्मी, १० मा हिराबहादुर गमाल, ११ मा किरणमान बल र १२ मा मानबहादुर स्याङ्तानलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । 
Powered by Blogger.