Header Ads


मकवानपुरको निर्यात व्यापार ओरालो लाग्दै

हेटौंडा, ११ बैशाख/नेपालको निर्यात व्यापारमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा पछिल्लो वर्षहरुमा ह्रास आएको
छ । 
निर्यात व्यापारमा ह्रास आएसँगै नेपालको भारतसँगको व्यापार घाटा बढ्दोसँगै मकवानपुरको निर्यात व्यापार घट्दो छ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा यस जिल्लाबाट हुँदै आएको भारत तथा तेश्रो मुलुकको निर्यातमा झण्डै पाँच प्रतिशतले ह्रास आएको छ । २०७२÷०७३ को चैतसम्ममा २४ करोड एकलाख ५०५ रुपियाँ बराबरको निर्यात भएकोमा चालु आवको चैतसम्ममा २२ करोड ९२ लाख ३२ हजार ४०७ रुपियाँ बराबरको निर्यात भएको उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ । गत आवमा हेटौँडा औद्योगिकक्षेत्रस्थित ६ वटा उद्योगले निर्यात गरेकोमा यस आवमा एशियन पेन्ट्स नेपाल प्रा.लि. थपिएको छ । गत आर्थिक वर्षमा बालाजी नेचुरल ईण्डष्ट्रिज, सिएसआइ नेपाल प्रा.लि., यति पोलिकेम प्रा.लि., नेचुरल फ्लावर एण्ड हर्बल प्रा.लि., नेपाल ईकरात इन्जिनियरिङ कम्पनी प्रा.लि. र प्रोजिओकेम प्रा.लि.ले निर्यात गरेका थिए । 
नेपाल ईकरात इन्जिनियरिङ कम्पनीले भुटान र अन्य उद्योगले उत्पादन भारत निर्यात गर्दै आएका छन् ।
Powered by Blogger.