Header Ads


युवा संघ ७ नम्बर अध्यक्षसहित कार्यसमिति माओवादीमा

हेटौंडा, १९ चैत/नेकपा एमाले निकटको युवा संघ नेपाल हेटौंडा–७ नम्बर वडा कमिटीका अध्यक्ष प्रकाश गोले सहित कार्य समिति एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 
नेकपा माओवादी केन्द्र हेटौंडा–७ नम्बर वडाको शनिबार भएको वडा सम्मेलनमा युवा संघ नेपाल ७ नं वडा कमिटी उपाध्यक्ष अर्जुन तितुङ, सचिव दिपेन्द्र सुनुवार र सदस्यहरु विकल गुरुङ, बिजय थिङ, प्रबिण निरौंलासहित २७ जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य कुमारी मोक्तानले स्वागत गरेका थिए । वडा सम्मेलनले ज्ञानु क्षेत्री अध्यक्ष 
रहनेगरी २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्ष बासु कटुवाल र भरत तितुङ, सचिवमा नारायण पोखरेल चयन भएका छन् । यस्तै पर्शुराम थापा संयोजक रहनेगरी ५ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ । सम्मेलनमा नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका इन्चार्ज एवम् मेयर पदका प्रत्यासी बलराम बल, केन्द्रीय आयोजक समिति सदस्य ललित घलान, कमानसिं पाख्रिन, बिबेक 
राई, डा.सम्राट तुम्बाहाम्फे लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
Powered by Blogger.