केन्द्रीय/प्रदेशकमिटीमा विजयी भएकालाई प्याव्सनको स्वागत
हेटौंडा/प्याव्सन मकवानपुरले केन्द्रीय तथा प्रदेश कमिटीमा निर्वाचित भएका पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।
मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका उपनिर्देशक शम्भुप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा शनिबार एक कार्यक्रमकाबीच मकवानपुरबाट प्रदेश तथा केन्द्रीय कमिटीमा निर्वाचित भएकाहरुलाई बधाई एवम् शुभकामना दिएको हो ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठ, शिक्षा कार्यालय मकवानपुरका विद्यालय निरीक्षक देवनारायण चौधरी, शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जीधराज ढकाल, प्याब्सन ३ नं प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ तौजलेलगायतको आतिथ्यता रहेको थियो । प्याब्सन मकवानपुर अध्यक्ष मदन दाहालले निजी शैक्षिक संस्थामा रहेका समस्याहरु समाधानको लागि निजी शैक्षिक संस्था सञ्चालक एवम् शिक्षकहरु एक आपसमा मिल्नु आवश्यक रहेको धारणा राखे । यस्तै भौतिक एवम् शैक्षिक अवस्था सुधार गरी गुनासोरहित शिक्षण वातावरण तयार पार्न अभिभावक संघ मकवानपुर अध्यक्ष साधुराम चौलागाईले आग्रह गरे ।

