शुभकामना दौडलाई निरन्तरता दिने
हेटौंडा, १९ चैत/नयाँ बर्षको अवसरमा आयोजना हुँदै आएको शुभकामना दौड प्रतियोगितालाई नेपाल तरुण दल हेटौंडा–६ नम्वर वडा समितिले यस बर्षपनि निरन्तरता दिने भएको छ ।
शनिबार बसेको तरुण दल ६ नम्वर वडा समितिको भेलाले शुभकामना दौडलाई निरन्तरता दिने निर्णय गर्दै कार्यक्रमलाई सभ्य एवम् भव्य रुपमा सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति निर्माण गरेको छ । कमल कोइरालाको संयोजकत्वमा आर्थिक उपसमिति, दिनेश ढकालको संयोजकत्वमा स्वयम्सेवक परिचालन उपसमिति, दामोदर धिताल संयोजक रहने गरी स्वागत सत्कार उपसमिति र रुपेश दुलालको संयोजकत्वमा प्रचारप्रसार समिति निर्माण गरेको छ । दौड प्रतियोगितामा भाग लिन इच्छुक व्यक्तिले हेटौंडा–४ स्कुलरोडमा रहेको पाण्डे इन्टरप्राईजेज, सापकोटा हार्डवेयर, ६ नम्वर वडा अध्यक्ष राजनकुमार बास्तोला र ग्यालरी सीमा मार्केटमा सम्पर्क गरी फारम भर्न सक्ने व्यवस्था गरिएको तरुण दल ६ नम्बर वडा सचिव विजय पौडेलले जानकारी दिए । तरुण दल ६ नम्वर वडा अध्यक्ष राजकुमार बास्तोलाको अध्यक्षतामा भएको बैठकमा पार्टीका नेताहरुको आतिथ्यता रहेको थियो ।