गायत्री परिवारलाई युवा व्यवसायीको सहयोग
हेटौंडा, १२ बैशाख/नेपाली काँग्रेस निकटको युवा व्यवसायीहरुले गायत्री परिवार हेटौंडालाई नगद सहयोग गरेका छन् ।
हेटौंडा–९ स्थित कुष्माण्ड सरोवर क्षेत्रमा निर्माणाधिन गायत्री परिवारको भवन तथा हल निर्माणका लागि युवा व्यवसायीहरुले मङ्गलबार नगद ३४ हजार ५ सय ५ रुपियाँ र दुई ट्रिप गिट्टी सहयोग गरेका हुन् । युवा व्यवसायी राजेश बानियाँ र सञ्चारकर्मी एवम् स्थानीय तहको निर्वाचनमा काँग्रेसको तर्फबाट हेटौंडा १ का अध्यक्ष पदका उम्मेदवार सविन न्यौपानेको पहलमा निहारिका निर्माण सेवाका शिवनारायण श्रेष्ठ, निहारिका बिल्डर्सका अनल श्रेष्ठ र नेपाल बक्सिङ संघका केन्द्रीय महासचिव सविन भट्टाचार्यले सहयोग उपलब्ध गराएका हुन् । उनीहरुले गायत्री परिवारका अध्यक्ष कमला श्रेष्ठ तथा सदस्य अजय बानियाँलाई नगद हस्तान्तरण गरेका थिए ।
रकम हस्तान्तरण गर्दै शिवनारायण श्रेष्ठले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै निर्माणाधिन गायत्री परिवारको भवनलाई रकम र गिट्टी सहयोग गरिएको बताए ।

