‘दिगो विकासको अभियानमा सहकारी प्रवेश’
हेटौंडा, २२ चैत/राष्ट्रिय सहकारी संघका सदस्य बद्रीप्रसाद लम्सालले दिगो विकासको अभियानमा सहकारीहरु प्रवेश गरेको बताएका छन् ।
मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको २५ औँ स्थापना दिवस कार्यक्रममा प्रमुख अतिथी रहेका लम्सालले राजनीतिक कारणले अथवा अरु कारणले विभाजन भएपनि ऐक्यबद्धताका साथ सहकारी एउटा व्यवसायिक एवम् सामािजक संस्था भएकोले दिगो विकासको अभियानमा प्रवेश गरेको दावी गरेका हुन् । यसले सहकारीलाई अझ व्यवसायिक र उत्कृष्ट बनाउन सघाउ पु¥याउने बताए ।
मकवानपुर जिल्लामा २०४५ सालमा मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड पहिलो दुग्ध उत्पादक सहकारी संस्थाको रुपमा स्थापनापछि दुग्ध उत्पादक सहकारी संस्था गठन गरी दुग्ध उत्पादन
सहकारी आन्दोलन अगाडि बढेको उनले बताए । कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले नेपालमा सहकारी क्षेत्रमा कारोबार गर्ने पहिलो संस्था जिल्ला दुग्ध उत्पादक सहकारी संस्था मकवानपुर रहेको दावी गरे । सहकारीको हिजो विश्वास र आजको प्रभावकारितालाई लिएर अब फड्को मार्नुपर्ने उनको सुझाव थियो ।
मकवानपुर जिल्लामा गठित १२ वटा दुग्ध उत्पादक सहकारी संस्था २०४७ साल साउन २५ गते भेला भै मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको तदर्थ समिति गठन गरी मकवानपुरे दुग्ध सहकारी आन्दोलनको जिल्लास्तरमा संस्थागत आन्दोलनको सुरुवात भएको उनले बताए । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुर अध्यक्ष राधा सिन्तानले सहकारीको १७ बुँदे माग सन् २०३० सालसम्म कार्यान्वयनमा आउने तर्क प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीले संघले रजतमहोत्सव मनाउने क्रममा २६ वटा दुग्ध चिस्यान केन्द्रमा कुल चिस्यान भण्डारण क्षमता ५५ हजार लिटर रहेको बताए । एकद्वार प्रणाली अन्तर्गत दुग्ध खरिद बिक्री व्यवस्थापनमा देशकै नमुना जिल्ला मकवानपुर रहेको बताउँदै उनले रजत जयन्तीको अवसरमा ऐतिहासिक
विवरणसहितको स्मारिका प्रकाशनलगायत विभिन्न कार्यक्रमको आयोजना गरीने बताए ।
संघका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन सहकारी कार्यालय मकवानपुरका प्रमुख तिलकराम पोखरेल, हेटौंडा दुग्ध वितरण आयोजना कार्यालय प्रमुख संन्दिपराज प्रधान, संघका संस्थापक अध्यक्ष हरीप्रसाद अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

