Header Ads


सिद्धार्थको गीति संग्रह बैशाख २५ मा

हेटौंडा, १९ बैशाख/हेटौंडा घर भै हाल अष्ट्रेलियालाई बस्दै आएका सिद्धार्थ लामिछानेको एकल गीति संग्रह ‘कला’ को विमोचन हुने भएको छ । 
८ बर्षदेखि कामको शिलशीलामा विदेशमा रहँदै आएका बाहिर भएपनि एक वर्षअघि आमाको मृत्यु भएको समयमा नेपाल आएको बेलामा लेखेका कविताहरुलाई उनले पुस्तकको रुप दिएका हुन् । आफ्नो आमाको सम्झनामा लेखिएको कविताहरुलाई आमाको वार्षिक पूण्यतिथिको अवसर पारेर विमोचन गर्न लागेका हुन् । 
लामिछानेको गीति संग्रह ‘कला’ यही बैशाख २५ गते राष्ट्रिय नाचघरमा विमोचन गर्ने कार्यक्रम रहेको बताइएको छ । 
गीति संग्रहमा कलाकारहरु दीपक खरेल, ईश्वर अमात्य, सत्यराज आचार्य, स्वरूपराज आचार्य, मनोज सेवान, मेनुका पौडेल र धर्मेनद्र सेवानले स्वर भरेका छन् ।
Powered by Blogger.