Header Ads


विभिन्न स्थानमा एमालेको सभा र ¥याली

हेटौंडा, २४ बैशाख/स्थानीय तहको निर्वाचन लक्षित गर्दै नेकपा एमालेले प्रचारप्रसार अभियानलाई तीव्र पारेको छ ।
निर्वाचनको समय नजिकिंदै जाँदा चुनावीसभा तथा ¥यालीको कार्यक्रमलाई पनि बढाएको छ । सोही क्रममा हेटौंडा १२, १३ र १४ मा चुनावीसभा गरेको छ । चुनावी सभामा सांसद् अनन्त पौडेलले एमालेको जितलाई अब कुनै शक्तिले रोक्न नसक्ने दावी गरे । जनताको पार्टीका रुपमा परिचित एमालेले मात्र विकास निर्माण लगायतका कार्य गर्न सक्ने उनको भनाई थियो । एमालेले हेटौंडा १३ को विकासमा अग्रणी भूमिका खेलेको भएपनि केहि दलहका नेताहरुले आफूले गरेको भन्दै भ्रम छर्न उद्दत रहेको सांसद् पौडेलले बताए । एमाले अरु दलले जस्तो बोलेर मात्र नहिँड्ने र बोलेको काम पूरा गर्ने समेत भएको उनको दावी थियो । कार्यक्रममा एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देलले एमालेको जनलहर देखेर अन्य शक्तिहरु आत्तिएको बताइन् । एमालेको जितले मात्र जनताको जित हुने उनको भनाई थियो । 
त्यस्तै एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उमेद्वार हरिबहादुर महतले पछिल्लो समय हेटौंडामा गाभिएका क्षेत्रहरुको विकासका लागि एमालले पहलकदमी लिएको र आगामी समयमा समेत यसले निरन्तरता पाउने बताए । नगरको विकासलाई उच्चतम् बिन्दुमा पु¥याउन एमालेलाई मत दिन उनले आग्रह समेत गरे । कार्यक्रममा एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठ, सचिवालय सदस्य श्रीधर पोख्रेल, हेटौंडाको उपमेयरका उमेदवार मीना लामा, एमाले जिल्ला सदस्य सुमित्रा काफ्ले, रामचन्द्र स्याङ्बो, १३ नम्बरको अध्यक्षका उमेदवार मनोज वाइवा, खेलकुद विकास समिति मकवानपुर अध्यक्ष माधव तिमल्सिना, खेलकुद महासंघका अध्यक्ष धरम लामा, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य सुजाता पोखरेललगायतको आतिथ्यता थियो । यसैगरी हेटौंडा १४ मा पनि एमालेको चुनावीसभा र मोटरसाइकल ¥याली गरेको छ । एमालेबाट मेयर पदका उमेदवार महत र उपमेयर पदका उमेदवार लामाले मोटरसाइकल ¥याली सहित वडाको परिक्रमा गरेका थिए । निर्वाचन परिचालन कमिटीका संयोजक रत्नलाल विश्कर्माको अध्यक्षतामा भएको कार्यक्रममा सांसद पौडेल, एमाले जिल्ला अध्यक्ष सिग्देल, सचिव श्रेष्ठ, सचिवालय सदस्य पोख्रेललगायतका नेताहरुको आतिथ्यता थियो । यस्तै हेटौंडा १२ मा पनि एमालेले चुनावीसभा गरेको छ ।
Powered by Blogger.