परिवार दल र नयाँ शक्तिबीच सहकार्य
हेटौंडा, २४ वैशाख/ यही बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको सन्दर्भ नेपाल परिवार दलले हेटौंडा उपमहानगरपालिकाको वडा नम्वर १० र ४ मा नयाँ शक्र्ती पार्टी नेपालसंग सहकार्य गर्ने भएको छ ।
साथै मकवानपुरका अन्य स्थानहरुमा नयाँ शक्तिका उम्मेदवारलाई सघाउने परिवार दलका केन्द्रीय सदस्य मनोजकुमार सुर्खेतीले जानकारी दिएका छन् । वडा नम्वर १० मा परिवार दलका तर्फबाट महिला सदस्यको उम्मेदवार मायादेवी कडेँल र वडा नम्वर ४ मा लक्ष्मी धितालले सदस्य पदको लागि उमेदवारी मनोनयन गराएकोले उनीहरुलाई जिताउन पनि नयाँ शक्तिसँग सहकार्य भएको परिवार दलले जनाएको
छ । साथै ती वडा र अन्य स्थानहरुका नयाँ शक्तिको उम्मेदवारलाई समर्थन गरिएको नेता सुर्खेतीले बताए साथै वडा नम्वर १८ मा वडा अध्यक्षमा नेपाल परिवार दलका जिल्ला उपाध्यक्ष लोकेन्द्र सुर्खेतीले स्वतन्त्र उम्मेदवारी दिएकोले उनलाई सहयोग गर्नसमेत सुर्खेतीले आग्रह गरेका छन् । ‘चुनावमा हाम्रै चुनाव चिन्ह मसालको प्रयोग गरी एक अर्काबीच सहकार्य गर्ने सहमति भएको हो,’ नयाँ शक्ति पार्टीका जिल्ला संयोजक प्रल्हाद लामिछानेले भने–‘पार्टी नै एकता गर्ने विषयमा पनि केन्द्रमा छलफल भइरहेको छ ।

