Header Ads


यस्तो छ थाहानगरपालिकाका मेयरका योजना

हेटौंडा, २५ बैशाख/ बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि थाहा नगरपालिकाको मेयर पदका उम्मेदवारहरुले थाहा नगरलाई नमूना शहर बनाउने योजना रहेको बताएका छन् । 
नेपाली काँग्रेस तथा नेकपा माओवादी केन्द्रको तर्फबाट मेयर पदका उम्मेदवार बनेका लवशेर विष्टले नेपाल सरकारले पर्यटकीय शहरको रुपमा नीति तथा कार्यक्रममा घोषणा गरेको थाहालाई ‘पर्यटकीय शहर’ घोषणा गर्ने बताए । नगर प्रमुख पदमा विजेता गराएमा कृषि औजारको प्रयोग गरी आधुनीकरण गर्ने,  सुविधा सम्पन्न अस्पताल निर्माण, सरसफाई, बेरोजगारलाई रोजगारीको व्यवस्थापन गर्ने योजना रहेको उनले बताए । 
मकवानपुर उद्योग वाणिज्य संघको उपाध्यक्ष समेत भएकोले व्यवसायीको पीरमर्कालाई बुझेको उल्लेख गर्दै उनले थाहानगरलाई शैक्षिक हबको रुपमा विकास गर्ने योजना रहेको बताए । नेकपा एमाले थाहानगर मेयर पदमा उम्मेदवार विष्णुप्रसाद ढकालले थाहानगरलाई समृद्ध थाहा नगरपालिका बनाउने योजना रहेको बताए । यसको नाम नै ‘थाहा’ भएकाले सबै जनताले थाहा पाउने गरी समृद्ध थाहा नगरपालिका बनाउने साथै कृषि, पर्यटन र शैक्षिक विकासको गन्तव्यको रुपमा नगरलाई अगाडि बढाउने उनले बताए । 
त्यसैगरी राप्रपा थाहानगर मेयर पदका उम्मेदवार हरेराम कार्कीले ‘आफ्नो गाउँ, आफैँ बनाआँै’ भन्ने मोडलमा थाहानगरको विकास गर्ने योजना रहेको बताए । उनले नगर प्रमुख पदमा राप्रपालाई विजयी गराएमा थाहानगरलाई अत्याधुनिक कृषि औजारको प्रयोग गरी आधुनीकीकरण गर्ने र नगरको फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । स्वास्थ्य समस्या समाधान गर्नको लागि सुविधा सम्पन्न अस्पताल निर्माण, थाहामा निर्माणाधिन क्षेत्रिय रंगशाला निर्माण गर्ने, मन्दिर धर्मशाला संरक्षण, सहकारी व्यवस्थापन जस्ता सामाजिक कार्य पनि अघि सार्ने लक्ष्य रहेको उनले बताए ।  नयाँ शक्ति पार्टी नेपाल थाहा नगरका मेयर पदका उम्मेदवार निरु लामाले थाहानगरलाई कृषि औजारको प्रयोग गरी आधुनीकरण गर्ने बताए । नयाँ शक्ति पार्टीले नयाँ ढंगले महिलाहरुलाई अगाडि बढाइरहेकोले मेयर पदमा मलाई विजयी गराएमा विशेषत महिलाको उत्थानको लागि हरेक क्षेत्रमा विकासका कार्य गर्ने, अधुरो भएको कामलाई पूरा गराउने लक्ष्य रहेको उनले बताए । महिलाहरुको हक अधिकार हटाउँदै अरु पार्टीले महिलालाई कटौती गरेको बताउँदै थाहा नगरलाई नमूना शहरको रुपमा विकास गर्ने लक्ष्य रहेको लामाले बताइन् । त्यसैगरी थाहानगरपालिका मेयर पदका उम्मेदवार पदमा विजयी गराएमा राष्ट्रिय जनमोर्चाका पुरुषोत्तम कार्की, स्वतन्त्र इश्वरलाल रुम्वा र  सहदेव तामाङले थाहा नगरलाई नमूना शहरको रुपमा विकास गर्ने उद्घोष गरेका थिए । 
स्थानिय निर्वाचन २०७४ को लागी थाहा नगरपालिकामा २सय७३ जनाले उमेद्वारी दर्ता  गरेकोमा मेयर पदको लागी ७ जना, उपमेयर पदको लागी ५ जना, वडा अध्यक्षको लागी ६२ जना, दलित महिला सदस्यको लागी ४२ जना र खुल्ला सदस्यको लागी १०६ जनको उम्मेद्वारी दिएका थिए । 
Powered by Blogger.