Header Ads


नयाँ शक्तिको अभियान जारी

हेटौंडा/डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी नेपालले हेटौंडा नगरको विभिन्न वडामा घरदैलो गरेको छ ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पार्टीले हेटौंडा ६, ८, १५ र १६ नम्बर वडामा घरदैलो गरेको हो । स्थानीय निर्वाचनमा उम्मेदवारी दिएकाहरुलाई जिताउन आग्रह गर्दै नयाँ शक्तिले जनताको घरघरमा अभियान चलाएको हो । घरदैलो कार्यक्रममा पार्टीका जिल्ला संयोजक प्रल्हाद लामिछाने, सहसंयोजक जीवनमान मोक्तान, मेयर पदका उम्मेदवार शुभरत्न गोले, उपमेयर पदका उम्मेदवार पुनम खतिवडा भट्टराईलगायतको सहभागिता रहेको थियो । पार्टीले भीमफेदी गाउँपालिकामा पनि घरदैलो अभियानलाई तीव्रता दिएको छ । मंगलबार गाउँपालिकाका विभिन्न वडामा मत माग्दै पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरुको सहभागी थिए । ¥यालीसहितको घरदैलो कार्यक्रममा नयाँ शक्तिपार्टीका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार अमृत बर्तौलालगायतको सहभागिता रहेको बताइ्रएको छ ।
Powered by Blogger.