‘राष्ट्रिय एकताको लागि एमाले’
हेटौंडा, २६ बैशाख/नेकपा एमालेका पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरीले नेपालमा राष्ट्रिय एकताको लागि एमालेको नेतृत्व आवश्यक रहेको बताएका छन् ।
मंगलबार हेटौंडा १६,१७ र १८ मा एमालेले आयोजना गरेको चुनावी सभामा नेता चौधरीले यसको लागि स्थानीय तहको निर्वाचन एमालेले जित्नु आवश्यक रहेको धारणा राखे । स्थानीय निर्वाचन जनताको चाहना अनुसार हुन लागेकोले सबै जनता मतदानमा सहभागी भएर एमाललेलाई जिताउन उनले आग्रह गरे ।
‘देशको स्वाभिमान बचाउन पनि एमालेले जित्नु आवश्यक छ’, चौधरीले थपे, ‘ज जसले तालमेल वा जेजे गरेपनि एमालेको जित सुनिश्चित छ ।’ एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज बिरोध खतिवडाले हेटौंडाको विकासका लागि एमाले एकमात्र सक्षम रहेको बताए । एमालेकै नेतृत्वमा हेटौंडा यो अवस्थासम्म आइपुगेको भन्दै उनले हेटौंडाको थप विकासको लागि एमालेले जित्नु पर्नेमा जोड दिए । यस्तै सांसद् अनन्त पौडेलले हेटौंडा उपमहानगरपालिकाले नेतृत्व गर्न सक्षम व्यक्तिलाई एमालेले उमेदवारको रुपमा अघि बढाएको बताए । यसअघि हेटौंडाको उपमेयर भएका हरिबल महतले मात्र हेटौंडालाई हाँकेर सम्बृद्ध बनाउन सक्ने उनको दावी थियो ।
कार्यक्रममा एमालेका तर्फबाट हेटौंडा उपमहानगरपालिकाका मेयरका उमेदवार हरिबहादुर महतले जनमतका आधारमा नै आफूले मेयर पदमा उमेदवारी दिएको बताए । २ कार्यकाल नगरपालिकाको उपमेयरको जिम्मेवारी बहन गरेकोले पनि मेयर पदमा रहेर नगरको विकास गर्ने उनको भनाई थियो । कार्यक्रममा एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देल, उपाध्यक्ष बद्री लम्साल, सचिव एकालाल श्रेष्ठ, उपमेयरका उमेदवार लामा, सचिवालय सदस्य श्रीधर पोख्रेल, नेता कमल बिष्टलगायतले मन्तव्य व्यक्त गरेका थिए ।