Header Ads


काँग्रेस–माओवादी संयुक्त रुपमा मत माग्दै

हेटौंडा, २६ बैशाख/यही बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा मकवानपुरमा सहकार्य गरेको काँग्रेस र माओवादी केन्द्रले संयुक्त रुपमा मत माग्दै कोणसभा र घरेदैलोलाई अघि बढाएका छन् ।
हेटौँडा उपमहानगरपालिकामा काँग्रेस र माओवादी केन्द्रले प्रमुखमा आनन्दराम पराजुली र उपप्रमुखमा बलराम बललाई साझा उम्मेदवार बनाएका छन् । काँग्रेस र माओवादी केन्द्रले मंगलबार साझा उम्मेदवारको सन्देश पु¥याउन भन्दै हेटौँडा बजारमा संयुक्त रुपमा मत माग्दै घरदैलो गरेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडिबाट सुरु भएको घरदैलौ मत माग्दै कान्तिराजपथ, संगमचोक, मेनरोड हुँदै भुटनदेवी मन्दिर जाने चोकमा कोणसभामा परिणत भएको थियो । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीना र माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् मकवानपुर इन्चार्ज कुमारी मोक्तानले संविधान कार्यान्वयन र विकासका लागि सहकार्य गरेको बताए । कोणसभामा काँग्रेसका क्षेत्रीय प्रतिनिधी भुवनलाल श्रेष्ठले काँग्रेस र माओवादी केन्द्रका साझा उम्मेदवार विजयी बनाउनु आग्रह गरेका थिए । पराजुली काँग्रेसको तर्फबाट नगर प्रमुखमा र बल माओवादी केन्द्रको तर्फबाट उपप्रमुखमा उम्मेदवार रहेका छन् ।
Powered by Blogger.