Header Ads


मनहरीलाई भ्रष्टाचारमुक्त बनाउनेसम्मका योजना

हेटौंडा, २६ बैशाख/मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारहरुले गाउँपालिकालाई भ्रष्टाचारमुक्त गाउँपालिका निर्माणदेखि वडैपिच्छे सुविधासम्पन्न खेल मैदान निर्माण गर्ने सम्मका योजना रहेको बताएका छन् ।
बस्तीपुर जेसीज हाँडीखोलाले स्थानीय तहको निर्वाचनको पूर्वसन्धयामा मङ्गलबार बस्तीपुरमा आयोजना गरेको मनहरी गाउँपालिका र हेटौंडा–३ तथा १९ नम्बर वडा अध्यक्ष पदका उम्मेदवारहरुको अन्तरक्रिया कार्यक्रममा उम्मेदवारहरुले यस्तो बताएका हुन् । काँग्रेसको तर्फबाट मनहरी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार शङ्कर न्यौपानेले मनहरीलाई नेपालकै भ्रष्टाचारमुक्त गाउँपालिका निर्माण गर्ने प्रतिबद्धता
जनाए ।
आफूले चुनावको पूर्वसन्धयामा भोट माग्ने क्रममा गरेका प्रतिबद्धताहरुलाई प्रमाणको रुपमा राख्न अनुरोध गर्दै उनले भने, ‘अहिले मैले बोलेका बिषयहरु प्रमाणको रुपमा राख्नुहोला । जन्मदिने आमाको कसम खाएर भन्छु म भ्रष्टाचार गर्नेछैन र मनहरीलाई भ्रष्टाचारमुक्त गाउँपालिकाको रुपमा विकास गर्नेछु ।’ हेटौंडा उपमहानगरपालिकासंगै जोडिएको यस गाउँपालिकालाई विकासको दृष्टिकोणले उपमहानगरको हाराहारीमा पु¥याउने आफ्नो योजनासंगै क्षमता समेत रहेको उम्मेदवार न्यौपानेको दावी थियो ।
मनहरी क्षेत्रमा सञ्चालनमा रहेका क्रसर उद्योगहरुलाई मापदण्ड बनाएर नियमको परिधीमा राखेर सञ्चालनको व्यवस्था गरिने उनको भनाई थियो । ‘यही क्षेत्रमा जन्मे हुर्केको र कार्यरत रहेकोले मलाई यस क्षेत्रको समस्या राम्रोसंग थाहा छ । यहाँको शिक्षा, स्वास्थ्य, बाटो, कुलकुलेसाको विकास गर्नु आवश्यक छु, न्यौपानेले भने । यस्तै नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवार निखिल पौडेलले गाउँपालिकाको हरेक वडामा सुविधासम्पन्न खेल मैदान निर्माण गरिने बताए ।
यस्तै वडैपिच्छे स्वच्छ वधशालाको निर्माण गरिने, लोपोन्मुख जाति वनकरियाको जीवनस्तर सुधारको लागि नयाँ कार्ययोजना निर्माण गरी अघि बढ्ने, मनहरीमा पर्यटन प्रवर्धन, सिँचाई तथा खानेपानीको योजनाहरु ल्याइने बताए । यस्तै प्रत्येक वडामा बिद्युत तथा सडक पु¥याउने उनले बताए ।
कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका गाउँपालिका अध्यक्ष पदका उम्मेदवारहरुको भने उपस्थिती रहेको थिएन ।
Powered by Blogger.