उखान टुक्काले मुलुक चल्दैन ः रिजाल
हेटौंडा, २६ बैशाख/नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले उखान टुक्काले मुलुक नचल्ने बताएका छन् ।
काँग्रेस हेटौँडा–१७ ले मंगलबार राजदेवीमा आयोजना गरेको चुनावीसभामा उनले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै यस्तो बताएका हुन् । बहुदल निर्दलको चुनावमा पञ्चायतको पहेलोमा मतदान गरेको एमालेले अहिले फेरि राजालाई सम्झेको आरोप लगाए ।
उनले लोकतन्त्रलाई संस्थागत गर्न र संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक भएको भन्दै सिंहदरवारको अधिकार गाउँगाउँमा आएको बताए । मुलुकको विकासको लागि काँग्रेस–एमालेको संयुक्त प्यानल भएको स्थानमा प्यानललाई र एकल भएको अवस्थामा काँग्रेसका उम्मेदवारलाई जिताउनु आवश्यक रहेको धारणा राखे । अर्का केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले मुलुकलाई निकास दिन काँग्रेस र माओवादी केन्द्रबीच स्थानीय तह निर्वाचनमा सहकार्य भएको भन्दै एमाले र राप्रपाबीच अप्राकृतिक चलखेल सुरु भएको बताइन् । काँग्रेस र माओवादी सरकारमा समेत संगै रहेको र शान्ति प्रकृयादेखि नै विभिन्न नाममा संगै रहेको भन्दै उनले काँग्रेस माओवादीको तालमेल प्राकृतिक रहेको दावी गरिन् ।
यस्तै काँग्रेस मकवानपुरका सभापति एवम् गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले राजा र धर्मको नाममा राजनीति गर्ने राप्रपाले राजतन्त्र र धर्म समाप्त गर्ने कार्य गरेको भन्दै चुनाव गराउने नाममा सरकारमा गएका राप्रपा अध्यक्ष कमल थापा चुनाव हुने निश्चित भएपछि सरकार छाडेको आरोप लगाए । नवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट हेटौँडा उपमहानगरपालिकामा नगर प्रमुखका उम्मेदवार आनन्दराम पराजुली, नेकपा माओवादी केन्द्रका उपप्रमुखका उम्मेदवार बलराम बल, नेपाली काँग्रेसका वडा नम्बर १७ का अध्यक्ष दामोदर सुवदीलगायतले मन्त्व्य व्यक्त गरेका थिए ।
यसैबीच नेपाली काँग्रेस वडा नम्बर(१८ को आयोजनामा हर्नामाडीको रामधुनीमा आयोजित चुनावसभामा काँग्रेस केन्द्रीय सदस्य रिजालले काँग्रेसले जिते मात्र विकास सम्भव हुने बताए । प्रचार समितिका संयोजक हरेराम बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस सभापति एवम् गृह राज्यमन्त्री बानियाँ, नेपाली काँग्रेसका नगर प्रमुखका उम्मेदवार आनन्दराम पराजुली, नेकपा माओवादी केन्द्रका उपप्रमुखका उम्मेदवार बलराम बल, काँग्रेसका वडा नम्बर १८ का उम्मेदवार दिलबहादुर सुवेदी, महिला नेतृ कमला सुवेदी, रामबहादुर घलानलगायतले मन्तव्य व्यक्त गरेका थिए ।