Header Ads


शनिबारको हुरीले एकै गाउँको १४ पोल ढाल्यो

हेटौंडा, २४ बैशाख/मकवानपुरको मनहरी गाउँपालिका–१ हाँडीखोला चकरीमा शनिबारको सामान्य हुरीबतासले १४ वटा पोल लडाइदिएको छ । 
करिब १२ बर्ष अघि बिद्युत पुगेको हाँडीखोला क्षेत्रमा प्रयोग गरिएका अधिकांश काठको पोलहरु कुहिएर काम नलाग्ने अवस्थामा पुगेको छ । चकरीका स्थानीय बिष्णुप्रसाद अधिकारीले दिएको जानकारी अनुसार शनिबार बेलुका पानीसंगै आएको हुरीबतासका कारण १४ वटा पोल लडेको छ । ‘सबै काठको पोलहरु कुहिएर काम नलाग्ने अवस्थामा पुगिसकेको छ’, उनले भने, ‘हिजै ९शनिबार० बेलुकादेखि नै यस क्षेत्रमा लाइन छैन । अब कति दिन लाइन नआउने हो भन्न सकिन्न ।’ 
सामान्य पानी एवम् हावाले समेत पोल ढाल्ने गरेको बताउँदै उनले एउटा ढलेको पोल उठाउन बिद्युत प्राधिकरणले हप्तौं लगाउने गरेको गुनासो गरे । ‘सबैलाई चुनाव लागेको छ । चुनावको बेला यो गर्छु र त्यो गर्छु भन्दै भोट माग्न आउनेहरुको लाइन लाग्ने गरेपनि यस्ता समस्यामा कसैको ध्यान जान सकेको छैन’, अधिकारीले थपे, ‘एउटा पोल ढल्दा १० दिनसम्म नबनाएको र लाइन नआएको उदाहरण हामीसंग छ ।’ 
चकरीका स्थानीयले आईतबार नेपाल बिद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रमा पुगेर समस्याको बिषयमा जानकारी गराएका छन् । प्राधिकरणले स्थानीय तहको चुनाव नजिकिँदै गरेको भन्दै अहिले नयाँ पोल दिन नसक्ने बताएको छ । चकरी क्षेत्रमा लगिएको केही सिमेण्टका पोलहरु प्राधिकरणको कर्मचारीको लापरबाही र हेलचेक्र्याईंको कारण अझै गाडेको छैन । 
‘काठको कुहिएको पोलले गर्दा दुर्घटना नहोला भन्न सकिन्न’, स्थानीय सञ्चारकर्मी समेत रहेका प्रदीप अधिकारीले भने, ‘प्राय ः सबै पोलहरु काम नलाग्ने अवस्थामा पुगेको छ । यस तर्फ सरोकारवाला निकायका प्रतिनिधीले बेलैमा ध्यान दिनु आवश्यक छ ।’
Powered by Blogger.