नयाँ वर्षमा वडंलिंकको नयाँ प्याकेज
हेटौंडा, २६ बैशाख/वर्डलिंक कम्यूनिकेशन प्राइभेट लिमिटेडले नयाँ वर्षलाई लक्षित गरेर नयाँ अफर बजारमा ल्याएको छ । उक्त अफर अन्तर्गत अनलिमिटेड ५ एमबिबिएस र १० एमबिबिएस प्याकेज रहेका छन् भने भोलुम बेसमा २५ एमबिबिएस र ५० एमबिबिएस गरी दुईवटा प्याकेज रहेको जानकारी दिएको छ । नयाँ वर्षमा ग्राहकलाई जडान शुल्क नलाग्ने, फाइबर राउटर खरिद गर्न नपर्ने सुविधा रहेको वर्डलिंक कम्यूनिकेशन हेटौंडा शाखाले जनाएको छ । २१ वर्ष देखि उक्त इन्टरनेटले सेवा प्रदान गर्दै आइरहेको छ ।

