Header Ads


राजमार्गका होटल र पम्पको शौचालय फोहोर

हेटौंडा, २८ जेठ/ मकवानपुरको राजमार्ग आसपासमा रहेका होटल तथा पम्पको शौचालय फोहोर तथा अपाङ्गमैत्री नभएको पाइएको छ ।
आईतबार जिल्लास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले हेटौंडा बजार आसपासमा
रहेका पेट्रोल तथा डिजेल पम्प र खाना खाने होटलमा गरेको अनुगनको क्रममा यस्तो पाइएको हो ।     हेटौंडा–१५ रातोमाटेदेखि थानाभ¥याङसम्मका ८ वटा खाना खाने होटल तथा पम्पमा अनुगमन गर्दा अधिकांश पम्पको शौचालय फोहोर रहेको, पानीको अभाव रहेको, साबुन नराखिएको पाइएको छ भने केही होटलको भान्छा र शौचालय समेत फोहोर रहेको पाइएको छ ।
हेटौंडा–१५ रातोमाटेमा रहेको शोभा आयल सेन्टर निर्माणाधिन अवस्थामा रहेकोले शौचालय समेत निर्माण हुँदै गरेको पाइएको छ । हेटौंडा–८ पशुपतिनगरमा रहेको न्यू स्यार्सेकालिका आयल स्टोर्सको शौचालयमा पानीको अभाव र साबुन नरहेको पाइएको छ भने पशुपतिनगरमै रहेको नवदुर्गा आयल स्टोर्स भन्दा केही पर एउटा मात्र शौचालय रहेको र उक्त शौचालय समेत फोहोर र पानीको अभाव रहेको पाइएको हो ।
    औद्योगिक इन्धन सेवा केन्द्रको शौचालय भने ठिकै रहेको पाइएको छ । यता हेटौंडा–११ थानाभ¥याङमा रहेको होटल बैशालीको शौचालय र भान्छा सफा भेटिएको छ । शौचालय अपाङ् मैत्री नभएको भेटिएको छ । थानाभ¥याङकै एसी फुड होमको शौचालय केही फोहोर रहेको भेटिएको अनुगमनमा सहभागीले जानकारी दिएका छन् । हेटौंडा–११ नवलपुरमा रहेको गोसाइँकुण्ड आयल स्टोर्सको शौचालय फोहोर रहेको भेटिएको छ । सरसफाई सप्ताहको सन्दर्भमा प्लान नेपाल र राडोको सहयोगमा भएको अनुगमनमा जिल्ला समन्वय समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापा, प्रहरी निरीक्षक अनोजजंग रायमाझी, स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत शशीकान्त सिँह, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्राविधिक सञ्जयकुमार ठाकुर, पत्रकार महासंघ मकवानपुरका सचिव गणेशदर्पण
अधिकारी, पूर्व अध्यक्ष भानुभक्त आचार्य, राडो नेपालका कार्यक्रम संयोजक दीपेन्द्र पाठकको सहभागिता थियो ।
Powered by Blogger.