सामाजिक कार्यको लागि लायन्स–लियो फाउण्डेसन
हेटौंडा, २६ असार/एक भएर सामाजिक काम गर्नका लागि मकवानपुरमा रहेका लायन्स र लियो क्लव नयाँ ढंगले अघि बढ्ने भएका छन् ।
मकवानपुरमा रहेका २१ वटा लायन्स र ८ वटा लियो मिलेर मकवानपुर लायन्स–लियो फाउण्डेसन बनेको छ । लायन्समा र लियोमा आबद्ध रहेकाहरुले प्रतिष्ठानमा एक दिन एक रुपियाँ जम्मा गर्नेछन् । ‘प्रत्येक दान, महाकल्याण’ भन्ने नारासहित प्रतिष्ठान गठन गरी लायन्स एवम् लियोमा आबद्ध रहेकाहरु एक भै सामाजिक कार्यमा जुट्ने भएका छन् ।
प्रतिष्ठानको संस्थापक अध्यक्षको रुपमा लायन्स क्लव अफ हिडम्बाका अध्यक्ष कविन सांगामी रहेका छन् । ‘मकवानपुुरमा रहेका लायन्स र लियोले आ–आफ्नै ढंगले सामाजिक कार्य त गरिरहेकै छन्’, प्रतिष्ठानका अध्यक्ष सांगामीले भने, ‘सबै मिलेर एक मुष्ठमा देखिने खालको सामाजिक कार्य गरौँ भन्ने उद्देश्यका साथ मकवानपुर लायन्स–लियो फाउण्डेसन गठन भएको हो । यसमा जिल्लामा रहेका सबै लायन्स र लियोकासदस्यहरु सदस्यको रुपमा रहेका छन् । संस्थामा आबद्ध रहेकाहरुबाट एक व्यक्ति एक रुपियाँ जम्मा गर्दा बार्षिक कम्तिमा ४ लाख रुपियाँ जम्मा हुने उनले बताए । यसमा लायन्स र लियोमा आबद्ध नभएकाहरुले समेत सहयोग गर्न सक्ने र प्रतिष्ठानको सदस्य हुन सक्ने व्यवस्था रहेको छ । प्रतिष्ठानले विशेषगरी बालबालिका, शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने अध्यक्ष सांगामीले बताए । ‘मकवानपुरमा यति धेरै लायन्स र लियो हुँदा पनि देखिने काम के भएको छ त ? भन्ने प्रश्नहरु बेलाबखतमा उठ्ने गरेको थियो’, उनले थपे, ‘प्रतिष्ठानको माध्यमबाट पनि सामुहिक रुपमा देखिने खालको सामाजिक कार्य गर्न सकिन्छ भन्ने उदाहरण प्रश्तुत हुनेछ भन्ने विश्वास रहेको छ । प्रतिष्ठानको सोमबार हेटौंडामा भएको पहिलो बोर्ड बैठकले विधान दर्ता प्रकृया सुरु गर्ने र लायन्स तथा लियो क्लवमा आबद्ध रहेकाहरुसंग रकम संकलन अभियान सुरु गर्ने निर्णय गरेको छ । बैठकमा जिल्लामा कृयाशील लायन्स र लियोका प्रमुख एवम् प्रतिनिधीको उपस्थिती रहेको थियो । लायन्स र लियोमा गरी मकवानपुरमा करिब एकहजार २ सय जना सदस्य रहेका छन् ।