Header Ads


८ वटा सहकारी एकीकरण

सुजन ढकाल
हेटौंडा, २६ असार/चालु आर्थिक वर्ष २०७३÷०७४ मा मकवानपुरमा ८ वटा सहकारी एकीकरण भएका
छन् ।
एकीकरण हुनेमा हेटौंडा–२ मा रहेको कश्यप बचत तथा ऋण सहकारी संस्था, टोल विकास बचत तथा ऋण सहकारी संस्था, हेटौंडा–४ मा रहेको स्वाभिमान बचत तथा ऋण सहकारी संस्था, मकवानपुर नमूना बचत तथा ऋण सहकारी संस्था, विभूति बचत तथा ऋण सहकारी संस्था, चौघडामा रहेको नारी चेतना मिलिजुली सहकारी संस्था र नारी चेतना अगरबत्ती सहकारी संस्था रहेको छ ।
डिभिजन सहकारी कार्यालय मकवानपुरमा दर्ता भएका २ सय ६५ सहकारी संस्था मध्ये एक वर्षको अवधिमा मकवानपुर नमूना बचत र विभूति बचत संस्था गाभिएर मकवानपुर नमूना बचत तथा ऋण सहकारी संस्था भएको छ भने चौघडामा रहेको नारी चेतना अगरबत्ती र नारी चेतना मिलिजुली सहकारी संस्था मर्ज भएर
नारीचेतना मिलीजुली संस्था भएको डिभिजन सहकारी कार्यालय मकवानपुरका प्रमुख तिलकराम पोखरेलले जानकारी दिए । साथै यस आर्थिक वर्षमा मकवानपुरमा रहेका कश्यप बचत, टोल विकास बचत, स्वाभिमान नेपाल बचत र नवसिद्धार्थ बचत सहकारी संस्था मिलेर पञ्चरत्न बचत तथा ऋण सहकारी संस्था बन्ने प्रकृयामा रहेको उनले जानकारी दिए । एकीकरण सम्बन्धी कार्यविधिले निर्दिष्ट गरेका उद्देश्य प्राप्तिका लागि सहकारी एकीकरण हुन थालेको डिभिजन सहकारी कार्यालयका प्रमुख पोखरेलले बताए ।
एउटै कार्यक्षेत्रभित्र रहेका, एउटै विषय तथा उद्देश्यले खोलिएका र फरक जिल्ला भएर पनि कार्यक्षेत्र जोडिएका संस्था एकीकरण हुनसक्ने उनको जानकारी दिए । ‘सवल र सक्षम सहकारी निर्माण गर्न, संस्थालाई पँुजी, भौतिक तथा मानवीय संशोधनद्वारा सक्षम र आत्मनिर्भर बनाउन, संघ÷संस्थाको दिगो विकास र स्थायित्व कायम गर्न सहकारी एकीकरण हुने गरेका छन् । एकीकरण हुन सहमत कुनै दुई सहकारीबीच विभिन्न चरणको प्रकृया पूरा गरेपछि एकीकरणको निर्णय कार्यान्वयन हुन्छ,’ उनले भने ।
त्यसैगरी यो आर्थिक अवधिमा मकवानपुरमा कुनै पनि सहकारी खारेज नभएको डिभिजन सहकारी कार्यालय मकवानपुरले जनाएको छ । गत आर्थिक वर्षहरुमा धेरै सहकारीहरु खारेज हुने गरेको भएतापनि यसवर्ष कुनैपनि सहकारी खारेज भएका छैनन् । जिल्लामा निष्कृय रहेका सहकारीहरुको छानबीन भैरहे पनि यस आर्थिक वर्षमा कार्यालयले कुनै पनि सहकारीलाई खारेज नगरेको उनले बताए । यस वर्ष ७ वटा कृषि र २ वटा बहुउद्देश्यीय गरी जम्मा ९ वटा नयाँ सहकारी दर्ता भएको छ ।

Powered by Blogger.