हेटौंडामा नयाँ रेष्टुरेण्ट
हेटौंडा, २६ असार/हेटौंडामा सोमबारबाट नयाँ रेष्टुरेण्ट सञ्चालनमा आएको छ ।
हेटौंडा–५ सानोपोखरामा ड्रिम गार्डेन रेष्टुरेण्ट एण्ड बार सञ्चालनमा आएको हो । रेष्टुरेण्टको सोमबार नेपाली काँग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्यालले उद्घाटन गरेका हुन् । शहरको कोलाहल भन्दा अलि पर शान्त, प्राकृतिक एवम् पारिवारिक वातावरणमा रमाउन सहज होस् भन्ने उद्देश्यका साथ सानोपोखरामा रेष्टुरेण्ट खोलिएको सञ्चालक राम लुइँटेलले जानकारी दिए ।
‘पारिवारिक वातावरणमा रमाउनको लागि यस रेष्टुरेण्ट सहयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ’, उनले भने, ‘उचित दाममा गुणस्तरीय सेवा दिन हामी तयार रहेका छौँ ।’ लोकल कुखुराको विशेष परिकारसहित अन्य परम्परागत परिकारको स्वाद रेष्टुरेण्टमा पाइने अर्का सञ्चालक दिपिन क्षेत्रीले बताए । रेष्टुरेण्टको उद्घाटन गर्दै काँग्रेस पूर्व सभापति अर्यालले ग्राहकको चाहनालाई ध्यानमा राख्दै गुणस्तरीय परिकार बेच्न अनुरोध गरे । रेष्टुरेण्टको उद्घाटनमा तरुण दल मकवानपुर निवर्तमान अध्यक्ष सुनिल दाहाल, ३ नम्बर क्षेत्रीय सभापति सञ्जय श्रेष्ठ, तरुण नेताहरु राजेश भेटवाल, श्रीकृण कर्माचार्य ‘भाई’, सञ्जिव न्यौपाने, पत्रकार महासंघ मकवानपुर सचिव गणेशदर्पण अधिकारी, कार्य समिति सदस्य सुवास बिडारीलगायतको आतिथ्यता
रहेको थियो ।