Header Ads


महेन्द्र उमाविलाई ५० हजार

हेटौंडा, २६ असार/मकवानपुर जिल्ला खेलकुद विकास समितिले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०७३ को विजेता बिद्यालयलाई नगद पुरस्कार प्रदान गरेको छ ।
समितिले प्रतियोगिताको विजेता महेन्द्र उमावि छतिवनलाई नगद ५० हजार रुपियाँ प्रदान गरेको हो । राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिताको विजेता र उपविजेतालाई क्रमशः नगद ५० र २५ हजार रुपियाँ सहयोग प्रदानको घोषणा गरेको थियो । खेलकुद विकास समितिले सोमबार एक कार्यक्रमकाबीच विद्यालयलाई उक्त रकम प्रदान गरेको हो । समिति अध्यक्ष माधव तिमल्सिना, उपाध्यक्ष दीपेन्द्र ढकाल, सचिव राजन दाहाल ‘खुशराज’ले विजेता विद्यालयका प्रधानाध्यापक नारायण चापागाईंलाई पुरस्कारबापत्को रकम प्रदान गरेका हुन् ।
यस वर्षबाट समितिले राष्ट्रिय खेलकुद परिषद्को घोषणा अनुसार राष्ट्रपति रनिङमा सहभागी विद्यालयलाई नगद दशहजार रुपियाँको उपलब्ध गराएको छ । यो सुविधाबाट जिल्लाका ६० विद्यालय लाभान्वित भएका
छन् ।
Powered by Blogger.