श्रेष्ठलाई उत्कृष्ट महिला उद्यमी पुरस्कार
हेटौंडा, ३१ असार / हेटौंडाको एक महिला उद्यमीलाई उद्योग मन्त्रालयले उत्कृष्ट महिला उद्यमी पुरस्कार प्रदान गरेको छ । हेटौंडा–६ घर भै हाल स्कूलरोडमा जय प्रकृति सिलाई प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएकी मेनका श्रेष्ठलाई मन्त्रालयले नगद १० हजार रुपियाँको उत्कृष्ट महिला उद्यमी पुरस्कार प्रदान गरेको हो ।
शुक्रबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा एक कार्यक्रमकाबीच श्रेष्ठलाई पुरस्कार हस्तान्तरण गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाले श्रेष्ठको नाम सिफारिस गरी मन्त्रालय पठाएको थियो । काठमाडौंमा भव्य कार्यक्रमकाबीच पुरस्कार पाउँदा निकै गर्व महसुस भएको श्रेष्ठले प्रतिक्रिया दिइन् । ‘मैले कहिल्यै पुरस्कार र सम्मान पाउँछु भनेर सिलाई प्रशिक्षणको काम गरेको थिइन’, उनले खुसी हुँदै भनिन्, ‘मन्त्रालयबाट भव्य कार्यक्रमकाबीच कैयौँ मानिसको बीचमा पुरस्कारसहित सम्मानपत्र प्राप्त गर्दा छुट्टै आनन्दको महसुस गरेको छु ।’ उद्योग मन्त्रालयका सचिव शंकर कोइरालाले नगदसहित उनलाई सम्मान गरिएको हो । २०५८ सालदेखि सिलाई केन्द्र स्थापना गरेकी उनले २०६६ सालबाट सिलाई प्रशिक्षण दिन थालिएको उनले बताइन् । आगामी दिनमा यही कामलाई निरन्तरता दिँदै अन्य महिलाहरुलाई उद्यमी बनाउने योजना रहेको उनले सुनाइन् । देशभरीबाट ७५ जनालाई सम्मान गरिएको हो ।