१२ लाख लिटर दूध बढी संकलन
हेटौंडा, १ साउन/हेटौंडा दुग्ध वितरण आयोजनाले आर्थिक वर्ष २०७२÷०७३ मा भन्दा २०७३÷०७४ मा १२ लाख १० हजार लिटर बढी दूध संकलन गरेको छ ।
०७२÷०७३ मा ४७ लाख ७७ हजार लिटर संकलन गरेकामा ०७३÷०७४ मा ५९ लाख ८६ हजार एकसय ६५ लिटर संकलन गरेको हो । आयोजनाले संकलन गरेको दूधमध्ये २३ लाख ७३ हजार ७ सय ४२ लिटर दूध विक्री गरेको र बाँकीबाट परिकार बनाई विक्री वितरण गरेको हेटौंडा दुग्ध वितरण आयोजनाका प्रमुख सन्दीपराज प्रधानले जानकारी दिए । आइतबार सम्पन्न ४९ औं वार्षिकोत्सवमा प्रधानले आ.व २०७२÷०७३ मा नाकाबन्दी, भूकम्पलगायतका कारण दूध संकलनमा कमी भएको र ०७३÷०७४ मा बृद्धि भएको बताए ।
बार्षिक उत्सवको अवसरमा आयोजनाले रौतहटको जय चौतारी दुग्ध उत्पादक सहकारी संस्थालाई उत्कृष्ट दुग्ध उत्पादक सहकारी संस्था र उत्कृष्ट चिस्यान केन्द्रको रुपमा साना किसान दुग्ध उत्पादक सहकारी संस्थालाई नगद ५ हजार रुपियाँसहित कदरपत्र प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ट बूथम्यान वीरगञ्ज हस्पिटलरोडका भलुवा मर्हजन र नारायण सिं क्षेत्रीलाई साईकल र कदरपत्रले सम्मान गरिएको थियो ।
आयोजनाले उत्कृष्ट डिष्ट्रिव्यूटर्समा देवेन्द्र तेल उद्योग वीरगञ्ज र उत्कृष्ट डिलरमा सर्लाहीमा रहेको हेटौंडा आईसक्रिम पार्लरलाई कदरपत्रले सम्मान गरेको छ । त्यस्तै २५ वर्ष देखि आयोजनाको दूध विक्री गर्ने १३ वटा बूथम्यानहरुलाई दोसल्ला र कदरपत्रले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा वीरगञ्जका लालबहादर थपलिया, रामबहादुर श्रेष्ठ, श्यामबहादुर श्रेष्ठ, ओमकृष्णराज कर्णिकार, बलराम क्षेत्री, मुकुन्द श्रेष्ठ, भलुवा मर्हजन, लिलाबहादुर क्षेत्री, पार्वती कुमारी खेत्वे, रमाशंकर शर्मा, अमलेखगञ्जका दिलमाया मगर्नी, हेटौंडाका मंगलीदेवी श्रेष्ठ र राजु मर्हजन रहेका छन् । त्यसैगरी आयोजनाले कार्यलयका कर्मचारी हरुको वीचमा गरेको खेलकुद प्रतियोगिता र रक्तदान कार्यक्रममा भाग लिनेहरुलाई मायाको चिनो वितरण गरेको छ ।
घैटो फुटाउने प्रतियोगितामा प्रथम भएका अरुणकुमार शाहलाई नगद ५ हजार रुपियाँ, गुच्चा दौडमा प्रथम र दोस्रो हु्ने बविता घिमिरे र डम्बरकुमारी पोखरेललाई क्रमशः नगद ५ हजार र ३ हजार रुपियाँ प्रदान गरिएको थियो । कार्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए । हेटौंडा दुग्ध वितरण आयोजनाका प्रमुख प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, उद्योग संघ मकवानपुरका महासचिव स्वागतराज प्याकुरेल, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बासु अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका शाखाका अध्यक्ष हरि हुमागाईँलगायतले मन्तव्य व्यक्त गरेका थिए । २०२६ सालमा स्थापना भएको दुग्ध विकास संस्थानको ४४ वटा जिल्लामा कार्यक्षेत्र रहेको छ ।
आयोजनाले दूधबाट बन्ने
परिकारहरु दही, पनिर, घिउ, मख्खन, आईसक्रिम उत्पादन गरी विक्री वितरण गर्दै आइरहेको छ ।