रोटरीमा जोशी, रोट¥याक्टमा पौडेल
हेटौंडा, ३१ असार/रोटरी क्लव अफ मकवानपुरको अध्यक्षमा पुरनबहादुर जोशी र रोट¥याक्ट क्लव अफ मकवानपुरको अध्यक्षमा विजय पौडेल पदस्थापित भएका छन् । शुक्रबार राती अबेर सकिएको रोटरीको तेस्रो र रोट¥याक्टको दोस्रो पदस्थापनबाट जोशी र पौडेल क्रमश ः रोटरी र रोट¥याक्टको बर्ष सन् २०१७÷१८ को अध्यक्षमा पदस्थापित भएका हुन् । रोटरीका सन् २०१६÷१७ का अध्यक्ष ज्योतिरत्न बज्राचार्यले जोशीलाई माला लगाइदिएर अध्यक्ष पदमा स्थापित गरेका हुन् । अध्यक्ष जोशीले आफ्नो कार्यकालको लागि कार्यसमिति समेत विस्तार गरेका छन् । प्रेसिडेन्ट इलेक्टमा विजयलाल श्रेष्ठ, प्रेसिडेन्ट नोमिनीमा रामेश्वर श्रेष्ठ, उपाध्यक्षमा कविन सांगामी, सचिवमा शुक्रराज जोशी, कोषाध्यक्षमा अनिल अग्रवाल, सहसचिवमा विष्णुगोपाल महर्जन, सहकोषाध्यक्षमा कृष्णबहादुर कार्कीलाई मनोनित गरेका छन् । सन् २०१६÷१७ का अध्यक्ष ज्योतिरत्न बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा रोटरीका इलेक्ट्रेड डिष्ट्रिक प्रेसिडेन्ट चिन्तामणि भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । क्लवको अध्यक्षमा पदस्थापित भइसकेपछि जोशीले ९ लाख रुपियाँ पुरस्कार राशीको टि–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने उद्घोष गरे । विपन्न वर्गका परिवारलाई सोलार वितरण गर्ने, हेटौंडा बजार क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्ने, ग्रामीण क्षेत्रमा पुस्तकालय स्थापना गर्नेलगायतको योजना सार्वजनिक गरे । पदस्थापन कार्यक्रममा सन् २०१६÷१७ का सचिव कविन सांगामीलाई लगातार दोस्रो वर्ष ‘आउटस्ट्याण्डिङ अवार्ड’ प्रदान गरिएको थियो । कार्यक्रममा गभर्मेन्ट सर्भिस रिप्रेजेन्टेटिभ सिद्धिलाल श्रेष्ठ पिता पञ्चलाल श्रेष्ठको स्मृतिमा एक लाखको अक्षयकोष स्थापना गर्नेसमेत घोषणा गरे । यस्तै रोट¥याक्ट क्लव अफ मकवानपुरको अध्यक्षमा विजय पौडेललाई पदस्थापित भएका छन् । सन् २०१६÷१७ का अध्यक्ष गणेशदर्पण अधिकारीले पौडेललाई माला पहि¥याएर सन् २०१७÷१८ को अध्यक्षमा पदस्थापित गरेका हुन् । आफू पदस्थापित भइसकेपछि पौडेलले नयाँ कार्यसमिति विस्तार गरेका छन् । उपाध्यक्षमा केशव समर्पण, सचिव प्रमोद अर्याल, कोषाध्यक्षमा प्रिया पौडेल र सर्जेन्ट एट आर्मस्मा सिर्जना लामिछानेलाई मनोनित गरिएको छ । त्यस्तै प्रदिप अधिकारी, पुष्पराज अधिकारी र प्रतिक्षा न्यौपानेलाई विभिन निर्देशकको जिम्मा दिइएको छ । कार्यक्रममा रोटरी क्लव मकवानपुरका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, रोटरी क्लवका केयर सर्भिस प्रोजेक्ट प्रमुख राजीव पौडेल, गभर्मेन्ट सर्भिस रिप्रेजेन्टेटिभ सिद्धिलाल श्रेष्ठ, रोटरी क्लव अफ हेटौंडाका अध्यक्ष उज्ज्वल शर्मा भण्डारीलगायतको आतिथ्यता रहेको थियो ।
रोटरी रोट¥याक्ट सदस्यलाई तालिम
हेटौंडा, ३१असार/रोटरी क्लब अफ मकवानपुरको आयोजनामा रोटरी र रोट¥याक्टका सदस्यहरुलाई तालिम दिइएको छ । शुक्रबार भएको रोटरीको तेस्रो पदस्थापन र रोट¥याक्टको दोस्रो पदस्थापनबाट चयन भएका नयाँ कार्यसमितिका पदाधिकारीलाई आ–आफ्नो पदको काम कर्तव्य, अधिकार, जिम्मेवारीलगायको विषयमा जानकारी गराइएको थियो ।
तालिमको सहजीकरण रोटरी क्लबका केयर सर्भिस प्रोजेक्ट प्रमुख राजिव पौडेलले गरेका थिए । तालिममा रोटरी क्लब अफ मकवानपुरका बर्ष सन् २०१७÷१८ का अध्यक्ष पुरनबहादुर जोशी, संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापती, निवर्तमान अध्यक्ष ज्योतिरत्न बज्राचार्य, बर्ष २०१७÷१८ का सचिव शुक्रराज जोशी, रोट¥याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष विजय पौडेलसहित रोटरी र रोट¥याक्टका सदस्यहरुको उपस्थिति रहेको थियो । शुक्रबारबाट रोटरी क्लव अफ मकवानपुरको नेतृत्व पुरणबहादुर जोशीले र रोट¥याक्टको नेतृत्व विजय पौडेलले लिएका छन् ।
तालिमको सहजीकरण रोटरी क्लबका केयर सर्भिस प्रोजेक्ट प्रमुख राजिव पौडेलले गरेका थिए । तालिममा रोटरी क्लब अफ मकवानपुरका बर्ष सन् २०१७÷१८ का अध्यक्ष पुरनबहादुर जोशी, संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापती, निवर्तमान अध्यक्ष ज्योतिरत्न बज्राचार्य, बर्ष २०१७÷१८ का सचिव शुक्रराज जोशी, रोट¥याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष विजय पौडेलसहित रोटरी र रोट¥याक्टका सदस्यहरुको उपस्थिति रहेको थियो । शुक्रबारबाट रोटरी क्लव अफ मकवानपुरको नेतृत्व पुरणबहादुर जोशीले र रोट¥याक्टको नेतृत्व विजय पौडेलले लिएका छन् ।

