सरकार त काँग्रेस कै छ नि
![]() |
| मधुसुदन अधिकारी |
मौसम परिवर्तनसँगै विभिन्न प्रकोपहरुको सामना विभिन्न हिसावले गर्नुपर्दछ र नेपाली जनताले आफैँ सामना गरिरहेकै छन् । चाँहे मुंग्लिन–नारायणगढ सडक खण्डको मानवनिर्मित प्रकोप होस चाहे सुनसरीको बाढी पहिरोको प्रकोप, चाहे कोशीको डुवान, चाहे रसुवा–सिन्धुपाल्चोकको पहिरो आखिर पहिरोको असर नेपालीले व्यहोर्नै पर्ला– व्यहोरिरहेकै छन् । तर सबभन्दा लाजमर्दो अवस्था राजधानिकै पो देखियो । स्कूले बालिका कलभर्टमा डुबेर उद्वार गरिएको अवस्था, ज्यानै गएको अवस्था राजधानीमै हुनु धिक्कार छ ।
सरकारी नजर, धिक्कार छ ठेकेदार दानवहरु अनि धिक्कार छ सडक व्यवस्थापनका मसिहाहरुलाई र मानविय क्षतिको मूल्यको कुनै महशुष नभएका पाखण्डीहरु हो कति दिन यसरी नरपुश भै जिउने धोको छ । अब त धेरै भो । वर्षाको समयमा पानी पर्छ, वरिपरिका कुला कुलेसाहरु भरिएर निकाश नपाउँदा सडकमै पानी बग्छ ।
सडकको अन्दाजमा आँखा चिम्लेर हिँड्नुको विकल्प छैन । त्यस्तो अवस्थाको सामान्य चेतना पनि नहुने ठेकेदारहरुलाई सजग गराउन नसक्ने सरकारी संयन्त्रहरुले अब कति दिन यसरी रमिते बन्ने हुन ? त्यसैगरी भरखरै सम्पन्न स्थानीयतहको निर्वाचनको बेलामा विभिन्न कार्यक्रमहरुमा चुनावी सभाहरुमा वर्तमान सरकारको नेतृत्वदायी दलका शिर्ष नेताहरुको अभियक्तिमा अरु सबै दलहरुभन्दा उच्च विकाशप्रेमी दल, प्रशासनिक संयन्त्र परिचालन गर्ने दल, पुरानो अनि प्रजातान्त्रिक दल नेपाली काँग्रेस भनेर भन्ने गरेको सुनेका आधारमा सोध्ने पर्ने भो ।
सरकारको नेतृत्व काँग्रेसकै छ नि ? त्यसरी दिनदहाडै राजधानीको मुलसडकमै ठेकेदारले खनेको खाल्डोमा डुबेर बालिकाले ज्यान गुमाइरहदा सरकार के हेर्दै छ ? अब कार्वाही हुन्छ कि हुँदैन ? तत्काल यो सरकारले जवाफ दिनु पर्दछ । वर्तमान सरकारमा नेतृत्वकर्ता प्रधानमन्त्रीलाई त जनताले प्रश्न सोध्न पनि पाउँदैनन किनभने साझासवालमा प्रश्नकर्ता माथी झण्डै हातछोडेका थिए हाम्रो प्रधानमन्त्री ज्यू ले । सरकारमा बसेमा व्यक्ति त त्यस्ता हुलिया बोली बोल्छन् भने अरुको नेपाली जनताले के आशा र भरोसा राख्ने ? राष्ट्रको नेतृत्व गर्ने व्यक्तिको स्वभाव त्यस्तो छ, बोलिको ठेगान छैन, के बोल्दैछ थाहा छैन, के पढ्दैछु ज्ञान छैन अनि देश कसरी समुन्नत होला ? जसले भाषण पढेको हो कि ज्ञापनपत्र छुट्टयाउन सक्दैनन उसले देशको निर्माण हो कि ध्वंश कसरी छुट्याउलान ? धिक्कार छ ।
अब यो सरकार र सरकारी दलहरुबाट न त निर्माण हुन सक्दछ, न त पीडितलाई उद्वार र राहतमा यीनको दृष्टि जान्छ न त यिनीहरुबाट त्यस्तो कार्यको आशा गर्ने अवस्थामा नेपाली जनता छन् । बाढिको चपेटामा वर्षौनि खासगरेर तराइ मधेशका जनता पर्दछन् । मधेशको मसिह भनेर गर्जने मधेशवादी दलका ठुटे नेताहरु राजधानीका मन्त्री, प्रधानमन्त्री र दुतावासका पाहुना भएर मोज गर्दैछन् तर तराई सधैँभरी चपेटामा परिरहन्छ । त्यसका बारेमा एक शब्द नबोल्ने मधेसी नेताहरुलाई तराइका आम सर्वसाधारण मतदाताले ठेगान लगाइदिनु पर्दछ ।
अब सधैँभरी मधेशी नेताको गुलाम बनेर उनीहरुलाई मधेसी जनताको मालिक बनाउन परिपाटीको अन्त्य गर्नुपर्दछ । आउँदो स्थानीय तहको निर्वाचनमा सक्रिय भाग लिएर मधेशाको अस्तित्व खतम पार्ने खेलमा लागेकाहरुलाई सदा सदाका लागि मधेशबाट बिदाई गरिदिनुपर्दछ ।
जात विशेष र क्षेत्र विशेषको मुद्दा लिएको वहानामा साम्प्रदायकताको विजारोपण गर्नेहरुलाई पहाड र मधेशको बीचको सद्भावलाई भाजो हाल्नेहरुलाई आम नेपालीहरुले पहिचानका साथ किनारा लगाइ दिनु पर्दछ । फेरी पनि हाम्रा आफन्त बनेर, आफनै नाता भित्रको बनेर अनि मधेशपुत्र बनेर आफ्ना आफन्तलाई दास बनाउनेहरुलाई निर्वाचनका माध्यमबाटै ठेगान लगाउन नेपाली जनता पर्खेर बसेका छन् ।
तर वर्तमान सरकारले निर्वाचन पो गराउला कि नगराउला ? अहिले सम्म निर्वाचन कानुनको अभाव छ, अझ सम्म निर्वाचन सम्पन्न स्थानीय निकायको परिणामबाट पीडा बोधको अवस्थाबाट यो सरकार माथी उठेकै छैन । चितवनको धुर्वे हात्ती जस्तो जथाभावी बोल्दै, जनता हपार्दै गर्दैछ किन कि सरकारको नेतृत्व नेपाली काँग्रेसले गरिरहेको छ ।
सुन्नमा आएको छ, सार्वजनिक माध्यमबाट अब विस्तार हुने सरकारमा अठहत्तर जना मन्त्री हुन्छन् रे किनकी
सरकार काँग्रेसको नेतृत्वको छ र यो सबैभन्दा प्रजातान्त्रिक पार्टी हो ।