महिला अभियानको १९औं स्थापना दिवस
हेटौंडा, ३ साउन/ महिला अभियान वचत तथा ऋण सहकारी संस्थाले आफ्नो १९ औँ स्थापना दिवस मनाएको छ ।
मंगलबार रक्तदान कार्यक्रम र स्थानीय तहमा भीमफदी गाउँपालिकाबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरी सहकारीले स्थापना दिवस मनाएको हो । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, भीमफेदी गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष प्रितिलाल लामा, वडा नम्वर ४ का अध्यक्ष क्षेत्रबहादुर पाण्डे लगायत वडा सदस्यहरुलाई सम्मानपत्रले सम्मान गरिएको थियो । स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए ।
रक्तदान गर्ने सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो । महिला अभियान बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष राधिका थापा क्षेत्रीको सभाध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, भैंसे महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शर्मिला महत, महिला तथा बालवालिका कार्यालयका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सहकारी संस्थाकी व्यवस्थापक ज्योति महतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । ७ सय ७१ जना शेयर सदस्य रहेको सहकारीको शेयर पू“जि ५७ लाख ७३ हजार १ सय रुपियाँ रहेको उनले जानकारी दिइन् । सहकारीले ३ करोड ९३ लाख ८७ हजार ५ सय १४ रुपिँया ऋण प्रवाह गरेको छ भने ३ करोड ९३ लाख ८० हजार रुपियाँ बचत रहेको छ । आर्थिक वर्ष २०७३÷०७४ मा ५८ लाख ८३ हजार ३ सय ५० रुपियाँ आम्दानी गरेको सहकारीले १२ लाख १ हजार ६ सय १० रुपियाँ बचत गर्न सफल भएको व्यवस्थापक महतले जानकारी दिईन् ।