अन्तर विद्यालय फुटबलमा १६ टिम
हेटौंडा, १ साउन/भोली साउन ३ गते मङ्गलबारबाट हुने एन्फा कोकाकोला अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा जिल्लाका १६ बिद्यालयको सहभागिता हुने भएको छ ।
आयोजक मकवानपुर जिल्ला फुटबल संघले आईतबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार ११ गतेसम्म हुने प्रतियोगितामा १६ बिद्यालयको सहभागिता हुने भएको हो । प्रतियोगिताको तयारी
करिब अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । गत बर्ष १० वटा बिद्यालयको सहभागिता रहेको थियो । ‘खास त यो छनौट खेल हो । विजेता र उपविजेतालाई नगद पुरस्कार पनि दिन सकिन्छ कि भन्ने योजनाका साथ हामी अघि बढिरहेका छौँ’, प्रतियोगिताका संयोजक फुटबल संघ मकवानपुरका कार्य समिति सदस्य युवराज लामाले भने, ‘गत बर्षको भन्दा यस बर्ष केही बिद्यालय बढेको छ । गाउँका बिद्यालयहरु पनि सहभागी भएका छन् ।’
उद्घाटन खेल साविकको विजेता महेन्द्र मावि भीमफेदी र बालज्योति मावि पिप्लेको बीचमा हुने उनले जानकारी दिए । खेल औद्योगिक क्षेत्रस्थित एचआइडी चौरमा सञ्चालन हुनेछ । प्रतियोगितामा दीपज्योति आधारभूत मावि, ज्योति मावि, बाराही मावि, गोरक्षनाथ मावि, श्रमिक मावि, मकवानपुर एभरेष्ट बोर्डिङ, सिद्धार्थ मावि, अरनिको मावि, प्रगति मावि, रसस्ल एकेडेमी, आधुनिक राष्ट्रिय मावि र जनप्रिय नमूना मावि, जेनिथ इन्टरनेशनल बोर्डिङ र सुन्दरीदेवी मावि सहभागी रहेका छन् । प्रतियोगिता हुप्रचौरमा गर्ने तयारी भएपनि प्राविधिक कारणले औद्योगिक क्षेत्रमा सारिएको संयोजक लामाले बताए । विद्यालयको आन्तरिक
परीक्षा र वर्षात्को समय भएकाले सोचेअनुसार विद्यालयहरु सहभागी हुन नसकेको उनले बताए ।