Header Ads


उत्पादन मिति अगावै बजारमा चुरियामाईको पाउरोटी

हेटौंडा, १ साउन/हेटौंडामा उत्पादन हुने एक पाउरोटी कम्पनीले सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड गरिरहेको पाइएको छ ।
हेटौंडा–९ मा रहेको चुरियामाई बेकरीले उत्पादन मिति भन्दा अगावै बजारमा बेकरीजन्य सामग्री पठाउने गरेको पाइएको हो । आईतबार हेटौंडा–१० का एक युवाले एक पाकेट पाउरोटी किने । पाउरोटीमा उत्पादन मिति २०१७ जुलाई १७ लेखिएको छ तर उनले उक्त पाउरोटी जुलाई १६ मै किनिसकेका छन् ।
 ‘धेरैले पाउरोटी किन्छन्, खान्छन् । सबैले उत्पादन मिति, उपभोग्य मिति हेर्ने गरेको पनि हुँदैन, कत्तिले त पढ्न समेत जान्दैनन्’, ति युवाले भने, ‘उत्पादन हुनु भन्दा अगावै मार्केटमा पाउरोटी कसरी आउँछ ? पाउरोटी उत्पादन भोली हुँदैछ आजै खान पाइसक्यो । यसबाट सर्वसाधारणलाई कत्ति समस्या परिरहेको होला ?’ कसैले बासी सामान नभनोस् भन्नका लागि कम्पनीले चतु¥याईँ गरेको हुन सक्ने उनले बताए ।
यहाँ उपभोक्तावादी संस्था र अन्य सम्बन्धित निकायले यसतर्फ ध्यान नदिएको भन्दै उनले आक्रोश पोखे । ‘यहाँ हामी उपभोक्तावादी भनौदाहरु पनि टन्नै रहेका छन् । बेला बखत् हुने बजार अनुगमनमा प्राय ः उनीहरुको अनुहार देखिने पनि गरेको छ’, ती युवाले भने, ‘उपभोक्तावादीहरुलाई यस्ता गलत काम गर्नेबाट बार्गेनिङ गर्दै पैसा कमाउने माध्यम बनेको छ ।’ उपभोक्तावादीलाई यस्ता बिषयमा जानकारी गराउँदा कुनै कारबाहीका प्रयासहरु नहुने उनले दावी गरे । पाउरोटीमा चुरियामाई बेकरी लेखिए पनि उपभोग्य मिति तथा मूल्य भने उल्लेख गरिएको छैन ।
Powered by Blogger.