Header Ads


शिव परियारलाई जेल चलान

हेटौंडा, ९ साउन/चोरी मुद्दामा तीन महिना कैद फैसला भएको एक फरार अभियुक्तलाई मकवानपुर प्रहरीले आइतबार पक्राउ गरेको छ ।
मकवानपुर जिल्ला अदालतको मिति २०७३ पुष १८ गतेको फैसलाले चोरी मुद्दामा ३ महिना कैद ४ हजार ५ सय रुपियाँ 
जरिवाना तोकी फरार रहेको हेटौंडा–२ बनस्खण्डी बस्ने शिव परियारलाई पक्राउ गरेको हो ।
परियारलाई मकवानपुर जिल्ला अदालतले पुनः अर्को चोरी मुद्दामा नै सोही मितिमा १ महिना कैद र १४ हजार रुपियाँ जरिवाना तोकेको थियो । मकवानपुर
प्रहरीले परियारको घरबाटै उनलाई पक्राउ गरेको हो । पक्राउ गरी जिल्ला अदालत पेश गरी सजाय भुक्तानका लागि भिमफेदी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Powered by Blogger.