Header Ads


मित्रमिलनको नाफा ८ लाख ९७ हजार

हेटौंडा, ९ साउन/ हेटौंडा–४ मा रहेको श्री मित्रमिलन बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०७३÷०७४ को एक वर्षको अवधिमा ८ लाख ९७ हजार ४ सय २३ रुपियाँ कर सहित नाफा आर्जन गर्न सफल भएको छ ।
संस्थाका व्यवस्थापक रामहरि खरेलका अनुसार सहकारले आर्थिक वर्ष २०७२/०७३ मा ४ लाख ७८ हजार ४ सय ४५ रुपियाँ नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तुलनामा सहकारीको नाफा डबल हुन आउँछ । गत वर्षको तुलनामा सहकारीको ऋण लगानी ५० लाख बढ्नुको साथै सिमेन्ट खरिद विक्रि पनि बढि भएकोले सहकारीको नाफामा वृद्धि भएको व्यवस्थापक खरेलले बताए । 
सहकारीले एक वर्षको अवधिमा २ करोड ९५ लाख ५० हजार ८ सय ७५ रुपियाँ आम्दानी गरेको छ भने २ करोड ८६ लाख ५३ हजार ४ सय ५२ रुपियाँ खर्च रहेको उनको भनाइ रहेको छ ।
Powered by Blogger.