५ नम्बर वडामा डस्टविन वितरण
हेटौंडा, ९ साउन/ हेटौंडा उपमहानगरपालिकाले वडा नम्बर ५ मा हरियो डस्टविन वितरण गरेको छ ।
हेटौंडा–५ मा रहेको ९ वटा टोल विकास संस्थाहरुलाई एक हजार वटा डस्टविन वितरण गरिएको हो । वडा नम्बर ५ का अध्यक्ष राजेश बानियाँ, हेटौंडा उपमहानगरपालिकाका वातावरण शाखा प्रबन्धक विके महर्जनलगायतले डस्टविन वितरण गरेका थिए । टोल विकास संस्थाका प्रतिनिधिहरुलाई अभिमुखीकरण सहित डस्टविन वितरण गरिएको हो । ‘वडाका सबै टोल विकास संस्थाहरुले सबै सदस्यहरुलाई व्यक्तिगत रुपमा सरसफाई गर्न प्ररित गर्नु पर्छ,’ सहभागीहरुलाई कार्यक्रममा अभिमुखीकरण गर्दै प्रबन्धक महर्जनले भने,‘फोहोरलाई वर्गीकरण गरेर राख्नु भयो भने सरसफाई आफैं कायम हुन्छ ।’ यो कार्यक्रम रंगमा आधारित वर्गीकरण र बारमा आधारित संकलन रहेको उनले बताए । चालु आर्थिक वर्षमा वडा नम्बर ५, १० र १ मा यो कार्यक्रम सुरु भएको उनले बताए ।
फोहोर मैला व्यवस्थापनका लागि यो कार्यक्रम प्रभावकारी भएको भन्दै उनले टोल विकास संस्थाहरुबाट यो कार्यक्रम थप प्रभावकारी भएको टिप्पणी गरे । फोहोर व्यवस्थापनका लागि हेटांैडा उपमहानगरपालिकाले बार्षिक १ करोड ७० लाख रुपियाँ खर्च गर्ने गरेको भन्दै उनले टोलस्तरमा नै सरसफाई कार्यक्रम प्रभावकारी हुँदा यो रकम बचाउन सकिने दावी गरे । वडा नम्बर ५ का अध्यक्ष राजेश बानियाँले टोल स्तरमा देखिने सरसफाईले समग्र हेटौंडाको सरसफाईमा योगदान पुग्ने बताए । सोमबार भएको कार्यक्रममा विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरु, वडा नम्बर ५का जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।